site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दोस्रो एभरेस्ट राष्ट्रिय खुला तेक्वान्दोमा १२ सय खेलाडी सहभागी हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोस्रो एभरेस्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता बिहीबारबाट सुरु हुने भएको छ । प्रतियोगिता एभरेस्ट तेक्वान्दो नेपाल शाखाले गर्ने जनाइएको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेशका १२ सयभन्दा बढी खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सातदोबाटोस्थित तेक्वान्दो हलमा हुने प्रतियोगितामा पुरुष ग्योरोगी तर्फ ३८ र महिलातर्फ ३८ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुम्से विधामा पुरुषतर्फ १२ र महिलातर्फ १२ गरी कुल १ सय तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

जसमा १ सय १० स्वर्ण, १ सय १० रजत र २ सय २० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रथम हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रो हुने टोलीले ५० हजार तथा तेस्रो हुनेले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।

Global Ime bank

प्रतियोगितामा उत्कृष्ट हुने महिला र पुरुष खेलाडीलाई जनही १०–१० हजार प्रदान गरिने प्रतियोगिता संयोजक सन्जिव फुयाँलले जानकारी दिए । 

उनका अनुसार प्रतियोगितामा सहभागी ७ वटै प्रदेशका उत्कृष्ट तथा विपन्न डोजाङलाई १ लाख ५० हजार बराबरको सामग्री समेत प्रदान गरिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC