site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा 

काठमाडौं । बोर्डर–गाभास्कर ट्रफीको अन्तिम खेलमा पाहुना टिम भारतविरुद्ध ६ को विकेटको जित निकाल्दै अस्ट्रेलियाले आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान निश्चित गरेको छ । अस्ट्रेलियाले पाँच खेलको टेस्ट शृंखला ३–१ ले जितेको हो । 

पाँचौँ खेलमा भारतले दिएको १६२ रनको लक्ष्य अस्ट्रेलियाले चार विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाको दोस्रो इनिङमा उस्मान ख्वाजाले सर्वाधिक ४१ रन बनाए । बेउ वेबस्टेरले ३९, ट्राभिस हेडले ३४ र साम कोस्टासले २२ रन थपे ।

Dabur Nepal
NIC Asia

भारतका प्रसिद्ध कृष्णाले तीन विकेट लिए पनि टिमको हार टार्न सकेनन् । अर्को एक विकेट मोहम्मद सिराजको नाममा रह्यो ।

त्यसअघि, भारतले पहिलो इनिङमा १८५ रन बनाएको थियो । अस्ट्रेलियाले पनि पहिलो इनिङमा १८१ रन मात्र बनाएको थियो । दोस्रो इनिङमा भारत १५७ रनमा समेटिएपछि अस्ट्रेलियाले जितका निम्ति १६२ रनको लक्ष्य पाएको थियो ।

जितसँगै टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro