site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बार्सिलोना कोपा डेल रेको अन्तिम–१६ मा 

काठमाडौं । स्पेनिस घरेलु फुटबलको चौथो डिभिजनको क्लब बार्बास्ट्रोविरुद्ध ४–० को सहज जित निकाल्दै ला लिगा ‘जायन्ट’ बार्सिलोना कोपा डेल रेको अन्तिम–१६ मा प्रवेश गरेको छ ।

शनिबार राति बार्बास्ट्रोको मैदानमा बार्सिलोनालाई जित दिलाउन रोवर्ट लेवान्डोवस्कीले दुई गोल गरे । एरिक गार्सिया र पाब्लो टोरेले समान एक गोल थपे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको हो ।

Dabur Nepal
NIC Asia

खेलको २१औँ मिनेटमा गार्सियाको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । त्यसको १० मिनेटपछि लेवान्डोवस्कीले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो । ४७औँ मिनेटमा लेवान्डोवस्कीले नै गोल गरेपछि बार्सिलोनाले अग्रतालाई ३–० मा पुर्‍याएको थियो । ५६औँ मिनेटमा टोरेले गोल गरेसँगै बार्सिलोनाले ४–० को जित निश्चित गरेको हो ।

जितसँगै बार्सिलोनाले अन्तिम–१६ मा स्थान बनाए पनि क्वार्टरफाइनल पुग्न प्रतिद्वन्द्वी पाइसकेको छैन ।

ला लिगामा भने बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ । क्याटालनको यो टिमले १९ खेल खेल्दा ३८ अंक जोडेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro