site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपा केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । काठमाडौंको स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा बैठक बसेको हो ।

दोस्रो दिनको बैठक सुरु भइसकेको पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । दुईदिने बैठक आज सकाउने तयारी छ ।

सरकारले हालै अध्यादेशमार्फत ल्याएको सहकारीसम्बन्धी विधेयकका विषयमा पनि बैठकमा छलफल गरिने उनले जानकारी दिए ।

शनिबार पहिलो दिनको बैठकबाट पार्टीले सक्रिय रूपमा संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरिएको थियो । स्थानीय तह उपनिर्वाचनमा पार्टीका अनुभव, सिकाइ र चुनौतीका विषयमा पनि बैठकमा छलफल गरिएको झाले जानकारी गराएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro