साहित्य
काठमाडौं । क्यानडियन गायक जस्टिन बिबर ‘लाइम रोग’ बाट ग्रस्त भएका छन् । २५ वर्षीय गायक बिबरले इन्स्टाग्राममार्फत यसबारे जानकारी गराएका हुन् ।
उनले यसबाट आफू ग्रस्त भएको भन्दै इन्स्टाग्राममा लेखेका छन्, “मानिसहरूले जस्टिन बिबर मेथम्फेटामिन लिन्छ ऊ पातलो हुँदै गएको छ भन्दै कमेन्ट गर्दै गर्दा उनीहरूलाई यो थाहा छैन कि म लाइम रोगबाट ग्रसित छु । यो मात्रै होइन्, मलाई क्रोनिक मानोको समस्या पनि थियो जसले गर्दा मेरो छाला, दिमाग, ऊर्जा र मेरो पुरै स्वास्थलाई प्रभावित बनाएको छ ।”
ग्रामी अवार्ड विजेता बिबरले उनको आगामी डकुमेन्ट्री ‘जस्टिन बिबर : सिजन्स’ मा पनि यो रोगबारे कुरा गर्नेछन् । यो २७ जनवरीमा रिलिज हुँदै छ । (नवभारत टाइम्स)
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६ १४:४८
प्रतिक्रिया दिनुहोस्