site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरका जिम्मी निसम भन्छन्– अर्को वर्ष पनि नेपाल आउन सक्छु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्ट्सका अलराउन्डर जिम्मी निसमले अर्को वर्ष पनि नेपाल आउन सक्ने बताएका छन् । न्युजिल्यान्ड अलराउन्डर निसम हाल एनपीएलमा जनकपुरको प्रतिनिधित्व गरिरहेका छन् ।

जनकपुरको फाइनल यात्रासम्म प्रभावशाली प्रदर्शन गरिरहेका निसमले बिहीबार दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध जित निकालेपछि आगामी वर्ष पनि नेपाल आउने चाहना राखेका हुन् । खेलमा जनकपुरले कर्णालीविरुद्ध दुई विकेटको जित निकाल्दा ४५ रन बनाएका निसम नै ‘प्लेयर अफ दी म्याच’ चुनिएका थिए ।

“धेरै रमाइरहेको छु । राति केही चिसो हुन्छ, जुन मैले आशा गरेको थिइनँ । मैदान बाहिरको आतिथ्यता निकै राम्रो छ । केही राउन्ड गल्फ पनि खेलेँ । खेलमा धेरै रमाइरहेको छु, त्यसैगरी मैदान बाहिर पनि । आशा छ, अर्को वर्ष पनि आउने छु,” निसमले भने ।

उनले जनकपुरको लक्ष्य उपाधि भएको हुँदा उपाधि नजितेसम्म आफ्नो प्रदर्शनले अर्थ नराख्नेसमेत बताए ।

“एकदमै राम्रो उत्साहित खेल थियो । सायद हामी फाइनलका निम्ति योग्य थियौँ । समर्थक सुखी साथ घर जान पाए । हामी एकदमै राम्रो टिम बनेका छौँ । मैले ५० रन बनाए पनि वा शून्यमा आउट भए पनि उपाधि नजितेसम्म त्यसले अर्थ राख्दैन । त्यसैकारण उपाधि नै मुख्य लक्ष्य हो,” निसमले थपे ।

कर्णालीविरुद्ध जितसँगै फाइनल प्रवेश गरेको जनकपुरले अब उपाधिका निम्ति सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro