site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
औद्योगिक पहुँचमार्गको नाममा बजेटको दुरुपयोग भयो : शक्ति बस्नेत

काठमाडौं । नेकपा (माओवदादी केन्द्र) उपमहासचिव तथा सांसद शक्तिबहादुर बस्नेतले औद्योगिक पहुँचमार्गको नाममा आगामी आर्थिक वर्षको बजेट दुरुपयोग गरिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले उद्योग विकाससँग औद्योगिक पहुँचमार्ग योजनासँग नजोडिएको बताए ।

बजेटमा औद्योगिक पहुँचमार्गका कुरा गरेर थुप्रै सडक राखिएको उनले बताए । साना उद्योगहरूको विकास गर्ने उद्देश्यलेभन्दा पनि सडकको योजना मात्र राख्नुले बजेट दुरुपयोग हुने उनको भनाइ छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“औद्योगिक पहुँचमार्गको नाममा बजेट दुरुपयोग भएको छ, औद्योगिक पहुँचमार्गको बजेट विनियोजन म दुरुपयोग भन्न चाहन्छु,” उनले भने ।

उद्योगको विकास गर्ने योजनासँग त्यसलाई एकीकृत गरेर पहुँचमार्ग निर्माण गर्ने योजना नभएको उनको भनाइ छ । यो बजेटको दुरुपयोग भएको पनि उनको भनाइ छ ।

“यसलाई बजेट अनुशासन भनिँदैन, अराजक हो । उद्योगको क्षेत्रमा पनि ठूला उद्योगहरू, साना र मझौला उद्योगहरूको सँगसँगै विकास गरेर जाने, दुवै खुट्टाले हिँड्ने वृद्धि विकास गर्नुपर्छ,” बस्नेतले भने, “यसले आर्थिक विकास र सामाजिक न्यायका दुवै प्राथमिकलाई सँगसँगै सम्बोधन गरेर जान सकोस् । यसलाई व्यवस्थित गर्नेतर्फ बजेट कार्यक्रम कहीँ पनि लक्षित भएको पाइएन ।”

बजेटमा नारा भएको तर नारालाई कार्यान्वयन गर्ने कार्यक्रममा जान नसकिने उनको भनाइ छ । बजेटले राष्ट्रिय आवश्यकता र जनताको अपेक्षालाई सम्बोधन गर्न नसकेको पनि उनले बताए ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्