site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
स्वयम्भू सांस्कृतिक महोत्सव भोलिबाट
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय विधिधताको प्रचार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोलिदेखि सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सव हुने भएको छ । 

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आज गरिएको पत्रकार भेटघाटमा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले कार्यक्रमलाई महोत्सवकै रूपमा सञ्चालन गर्ने तयारी रहेको बताए । 

डंगोलका अनुसार पर्यटन व्यवस्थापनसँग सम्बन्धित संघ–संस्था र स्थानीयको सहभागितामा पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गरिन लागिएको हो । समुदाय साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन हुने कार्यक्रमले पर्यटन प्रवर्द्धनका अतिरिक्त समाजमा शान्ति सुरक्षा, घरेलु हिंसा, यौन हिंसाजस्ता सामाजिक अपराधका क्षेत्रमा सचेतना फैलाउन सहयोग गर्नेछ । कार्यक्रममा स्थानीय संघ–संस्था तथा परम्परागत समूहको साथै सेना, प्रहरी, सशस्त्र प्रहरीको सांस्कृतिक प्रस्तुति हुनेछ । 

पत्रकार भेटमा महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले यसप्रकारका कार्यक्रमबाट समुदायसँगको सम्बन्ध थप नजिक हुने र जनतासँगै बसेर काम गर्न सकिने आशा व्यक्त  गरे । 

कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता र महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आयोजना हुनेछ । साताव्यापी कार्यक्रममा घरेलु तथा हस्तकलाका सामग्री र खानेकुराका स्टलहरू रहनेछन् । कार्यक्रमबाट नेपाल पर्यटन वर्षका कार्यक्रममा टेवा पुग्ने तथा काठमाडौंलाई सांस्कृतिक सहरका रूपमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement