site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको विवाद समाधान गर्न चाक्सीबारीमा छलफल
Sarbottam CementSarbottam Cement

फाइल तस्बिर


काठमाडौं । नेपाली कांग्रेसमा चुलिएको पछिल्लो विवाद समाधानको उपाय खोज्‍न नेताहरु फेरि छलफलमा जुटेका छन् । कांग्रेसको आन्तरिक समस्याको समाधान खोज्‍न कांग्रेस नेताहरु फेरि चाक्सीबारीमा छलफलमा जुटेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सुरु भएको छलफलमा उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वार्ताका लागि गठन गरेको कार्यदलका सदस्यहरुबीच छलफल चलिरहेको छ । 

पौडेल समूहले गठन गरेको कार्यदलमा नेता सिंहसँगै केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी सदस्य छन् । उक्त कार्यदल र संस्थापन पक्षबाट सहजीकरण गर्दै आएका उपसभापति निधिबीच गत साता पनि घनिभूत छलफल भएको थियो । 

Global Ime bank

यद्यपि, छलफल ठोस निष्कर्षमा भने पुग्न सकेको थिएन । पौडेलसँग सहमति नजुटेपछि सभापति शेरबहादुर देउवाले गत शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका लागि स्थगित गरेका थिए । 

पुस २६ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवशेनको कार्यतालिका ल्याउन सहभापति देउवा सकारात्मक नदेखिएपछि पौडेल समूह बहिष्कारमा उत्रिएको थियो । 

पछिल्लो समय सभापति देउवा कार्यतालिका ल्याउन सकारात्मक देखिए पनि भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलको नेतृत्वका विषयमा पौडेल समूहसँग सहमति जुट्न सकेको छैन् । पौडेल समूह दुई भ्रातृ संस्थामध्ये कुनै एकको नेतृत्व आफ्‍नो समूहले पाउनुपर्ने अडान राख्दै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC