site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसमा विवाद मिलेन, पौडेल समूह बैठकमा नजाने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आइतबार (आज) को केन्द्रीय कार्यसमिति बैठकमा पनि उपस्थित नहुने भएको छ । सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनको कार्यतालिकासम्बन्धी एजेण्डा बैठकमा प्रस्तुत गर्न सहमत नभएपछि पौडेल समूह केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित नहुने भएको हो । 

पौडेल समूहले संस्थापन पक्षसँग छलफलका लागि गठन गरेको वार्ता समितिका संयोजक केन्द्रीय सदस्य प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालाबीच केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने सहमति भएको छ ।  “आज (आइतबार) बैठकमा नजाने पौडेल समूहको निर्णय भयको छ । भर्खरै पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालाबीच यस्तो सहमति भएको हो,” नेता सिंहका सहयोगी यूपी लामिछानेले भने ।  

Prabhu Bank
Agni Group
NIC Asia

विवाद समाधानका लागि कांग्रेस संस्थापन पक्ष प्रयासरत 

उनका अनुसार आइतबार बेलुकी वरिष्ठ नेता पौडेलसँग थप छलफल हुने भएको छ । सिंहको नेतृत्वमा गठित समितिले संस्थापन पक्षसँग ठोस सहमति नजुटेकाले आवश्यक छलफल गरेर सहमति खोज्ने प्रयास जारी राखिने जनाएको छ ।  यसअघि शनिबार बेलुकी सिंह निवास चाक्सीबारीमा विवाद समाधानका लागि उपसभापति विमलेन्द्र निधिले पौडेल समूहका नेताहरुसँग छलफल गरेका थिए । तर, उक्त छलफलले कुने निष्कर्ष भने निकालेको थिएन ।

सहमतिको प्रयासमा देउवा, महाधिवेशन कार्यतालिका नल्याउँदासम्म बैठकमा नबस्‍ने पौडेलको अडान

आइतबार बिहान उपसभापति निधिले महामन्त्री डा. कोइरालासँग पनि सहमतिको प्रयासस्वरुप छलफल गरेका थिए ।  सहमतिकै प्रयास स्वरुप उपसभापति निधिले महामन्त्री कोइरालाकै निवास पुगेर विवाद समाधानका बारेमा छलफल गरेका हुन् । 

Global Ime bank

“उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालबीच कोइराला निवास महाराजगञ्जमा छलफल सम्पन्न भएको छ,” प्रवक्ता विश्वप्रकाश शर्माले भने, “चार मुख्य विषयमा पार्टीभित्र सहमति निर्माण गरेर अघि बढ्ने सहमति भएको छ ।” यद्यपि, उनले सहमति निर्माण गरिने चार मुख्य विषयका बारेमा भने खुलाएका छैनन् । 
पौडेल समूहले बिहीबारको बैठक बहिष्कार गरेपछि शनिबार बिहानै सभापति शेरबहादुर देउवा सहमति जुटाउन वरिष्ठ नेता पौडेलको निवास बोहराटार पुगेका थिए । 

के हो कांग्रेसभित्रको पछिल्लो विवाद ? विभागले निम्त्याएको सकस 

देउवासँगको छलफलमा वरिष्ठ नेता पौडेलले महाधिवेशनको कार्यतालिका ल्याउँदासम्म बैठकमा नबस्ने अडान दोर्होयाएका थिए । केन्द्रीय समितिको बैठक १ बजेका लागि बोलाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय