site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वर्ण विजेताले ९ लाख पाउने, गौरिकाले पाइन् ५६ लाख 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ सागमा पदक विजेता खेलाडी, प्रशिक्षकहरुलाई नगद पुरस्कारको घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रोत्साहनस्वरुप प्रधानमन्त्रीले स्वर्ण, रजत र कास्य पदक विजेता र प्रशिक्षकलाई नगद पुरस्कार राशिको घोषणा गरेका हुन् ।
यसअघि मंगलबार नै साग समापन समारोहमा सदस्यसचिव रमेश सिलवालले प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गर्ने बताएका थिए ।

एक स्वर्ण विजेतालाई ९ लाख रुपैयाँ नगद दिइनेछ भने एकभन्दा बढी स्वर्ण विजेतालाई एघार लाख रुपैयाँका दरले नगद पुरस्कार दिइनेछ । जसमा दुईवटा स्वर्ण विजेताले २२ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रधानमन्त्री ओलीले घोषणा गरेको पुरस्कार राशिअनुसार पौडीमा चार स्वर्ण जित्ने गौरिका सिँहले स्वर्णतर्फबाट ४४ लाख प्राप्त गर्नेछिन् । त्यसैगरी उनले दुईवटा रजत पदक पनि जितेकी छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुईवटा रजतमा थप १२ लाख रुपैयाँ प्राप्त गर्नेछिन् । उनले स्वर्ण र रजत गरि कम्तिमा ५६ लाख रुपैयाँ नगद पाउनेछिन् ।  त्यसैगरी कास्य विजेताले जनही तीन लाख प्राप्त गर्नेछन् । गौरिकाले समूहमा तीन कास्य पदक जितेकाले त्यसमा कति रकम प्राप्त गर्नेछिन् भन्ने एकिन भएको छैन । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले गौरिकाले जम्मा ६५ लाख पाउने बताए ।  त्यसैगरी तेक्वान्दोकी आयशा शाक्यले दुईवटा स्वर्णपदक जितेकी छन् । उनले २२ लाख रुपैयाँ प्राप्त गर्नेछिन् भने करातेका मण्डेकाजी श्रेष्ठले पनि दुईवटा स्वर्ण जितेकाले २२ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसैगरी पदक विजेताका प्रशिक्षकलाई पनि जनही पाँचलाख रुपैयाँ दिइने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्यसैगरी फुटबलको स्वर्ण विजेता प्रत्येक खेलाडीहरुलाई जनही पाँचलाख रुपैयाँ दिइने थापाले बताए । नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ । 
१३ औँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जितेको छ ।

सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । नेपाल सुटिङमा भने पदकविहीन रहेको थियो । यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण कीर्तिमान बनाए । 

यसअघिको समाचारमा गौरिका सिँहले ११ लाख रुपैयाँ प्राप्त गरेको भन्ने समाचार त्रुटि भएकाले सच्याइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro