site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विभागीय डर्बीमा पुलिसविरुद्ध एपीएफको आधा दर्जन गोल

काठमाडौं । राष्ट्रिय महिला लिगको दोस्रो चरणमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ६–० को फराकिलो जित निकालेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न विभागीय डर्बीमा एपीएफलाई जित दिलाउन अनिता बस्नेतले ह्याट्रिक गरिन् । यस्तै, सरु लिम्बूले दुई र रेनुका नगरकोटेले एक गोल थपे ।

एपीएफले पहिलो हाफमा दुई र दोस्रो हाफमा चार गोल थपेको हो । खेलको १०औँ मिनेटमा अनिताले गोल गर्दै एपीएफलाई अग्रतामा राखेकी थिइन् । ३७औँ मिनेटमा रेनुकाले गोल गरेपछि एपीएफले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

यसपछि पुलिसले अन्तिम १० मिनेट र इन्जुरी समयमा गरी चार गोल थप्यो । ८५औँ मिनेटमा सरुले एपीएफको अग्रतालाई ३–० मा पुर्‍याइन् । ८७औँ मिनेटमा सरुले नै एपीएफको अग्रतालाई ४–० मा राखिन् । यस्तै, इन्जुरी समयमा अनिताले दुई गोल गर्दै ह्याट्रिक पूरा गरेपछि एपीएफले पुलिसविरुद्ध फराकिलो जित निकालेको हो ।

जारी महिला लिगमा एपीएफ हालसम्म अपराजित छ । यता, पुलिसको भने दोस्रो चरणमा यो पहिलो हार हो ।

 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro