site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रेस युनियनका अध्यक्षलाई महासचिवको पत्र–नेतृत्वको नैरास्यताले ठूलो क्षति
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रेस युनियनको निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि महासचिव अजयबाबु सिवाकोटीले अध्यक्ष बद्री सिग्देललाई पत्र लेख्दै नेतृत्वको नैरास्यताले युनियनलाई ठूलो क्षति पुगेको बताएका छन् । प्रेस युनियनको २०७१ सालमा पोखरामा सम्पन्न महाधिवेशनबाट निर्वाचित भएको नेतृत्वको कार्यकाल पाँचवर्ष पूरा भइसकेको छ ।

तीनवर्षे कार्यकालको लागि निर्वाचित भएर आएका नेतृत्वले समयमै महाधिवेशन गराउनुपर्ने भए पनि अहिलेसम्म गराउन नसकेको र लामो समयदेखि केन्द्रीय समितिको बैठकसमेत राख्न नसकेको भन्दै महासचिव सिवाकोटीले लेखेको पत्रमा भनिएको छ– आज पत्रकारिता जगतमा अध्यक्षसहितका हामी युनियन नेतृत्व व्यङ्ग्य र मजाकको पात्र भइरहेका छौं । आफूले पाएको जिम्मेवारीलाई निर्वाह गर्ने सन्दर्भमा हाम्रो नैराश्यताले युनियनले आगामी दिनमा ठूलो क्षति भोग्नुपर्ने अवस्था सिर्जना भएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो छ पत्र

.....दुखका साथ भन्नुपर्छ अघिल्लो बर्षको महाधिवेशन मिति तोक्न २०७५ साउन १० गते बसेपछि आजसम्म केन्द्रीय समितिको वैठक बस्न सकेको छैन। ....
मितिः २०७६ मंसिर २२
प्रिय साथीहरु
नेपाल प्रेस युनियनको २०७१ साल भदौमा पोखरामा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएर आएको ५ बर्ष पुरा भइ ६ बर्ष लागिसकेको छ। ३ बर्षे कार्यकालको लागि निर्वाचित भएर आएका हामीहरुको सोहि समयभित्रै महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने दायित्व थियो। केहि राष्ट्रिय मुद्धाहरुमा हामी युनियनकर्मीहरु समेत संलग्न हुनुपरेका कारण ३ बर्षभित्र महाधिवेशन हुन सकेन । २०७४ सालमा तीन चरणमा भएका स्थानिय, प्रदेश तथा संघको चुनावमा व्यस्त हुनुपरेको कारणले सो समयमा महाधिवेशन गर्न नसकेको तथ्य हामीबीच लुकेको छैन। यस बिषयलाई युनियनका सबै तह र तप्काका साथीहरुले स्विकार्नु भएको थियो। तर त्यसपछिका समयमा महाधिवेशन गर्नको लागि हामीले केन्द्रीय समितिको तर्फबाट पहल नगरेको गम्भीर आरोप लाग्दै आएको छ। २०७५ साल मंसिर २७ र २८ गते काठमाडौंमा महाधिवेशन गर्ने भनेर केन्द्रीय समितिको निर्णयमा पनि हामीले महाधिवेशन गर्न सकेनौ। तोकिएको मिति वितेपछि भोलिपल्ट मात्र अध्यक्षज्यूबाट महाधिवेशन स्थगित गरि नयाँ मिति तत्काल केन्द्रीय समितिको वैठक बोलाएर घोषणा गर्ने एक विज्ञप्ती मार्फत जानकारी गराउनुभएको थियो। तर दुखका साथ भन्नुपर्छ अघिल्लो बर्षको महाधिवेशन मिति तोक्न २०७५ साउन १० गते बसेपछि आजसम्म केन्द्रीय समितिको वैठक बस्न सकेको छैन। केन्द्रीय समितिका बहुसंख्यक साथीहरुले पटक पटक केन्द्रीय समितिको वैठक वोलाउन गरेको लिखित तथा मौखिक आग्रहलाई अध्यक्षज्यूका तर्फबाट विभिन्न कारण देखाउँदै टार्ने काम भइरहेको छ। गत साउन २३ गते बसेको सचिवालयको वैठकले २०७६ मंसिर २८ र २९ गतेका लागि तोकिएको नवौ महाधिवेशनको मितिलाई केन्द्रीय समितिबाट अनुमोदन गराई जिम्मेवारी वाडफाँड सहित महाधिवेशनमा जान गरिएको आग्रहलाई समेत अध्यक्षज्यूबाट नजरअन्दाज गरि फेरि महाधिवेशनलाई अनिश्चित बनाउने काम भएको छ। नेपाल प्रेस युनियनको विधानले केन्द्रीय समितिको वैठक बोलाउने लगायत संगठनलाई नेतृत्व दिने काम अध्यक्षको हुने व्यवस्था गरेको छ। यहि व्यवस्थाको सम्मान गर्दै पदाधिकारी तथा सदस्यहरुले गरेको आग्रहलाई अध्यक्षज्यूले किन मान्नु भएन अहिलेसम्म स्पष्ट जवाफ पाउन सकेका छैनौ। विधानत चार चार महिनामा बस्नु पर्ने बैठक किन १६ महिना वित्दा समेत बोलाउनु भएन हामीले औपचारिक रुपमा सोध्ने ठाउँ समेत फेला पारेका छैनौ। यस बीचमा केन्द्रीय पदाधिकारी र केन्द्रीय समितिको वैठक वोलाउन गरिएको आग्रहलाई समेत वेवास्ता गर्दै सांगठनिक जीवनलाई बलियो बनाउने बिषय प्राथमिकतामा नराख्दा महाधिवेशनका लागि तोकिएको २०७६ मंसिर २८ र २९ मा महाधिवेशन हुन नसक्ने परिस्थिति खडा गरिएको छ। तोकिएको समय आउन एक हप्ता पनि नरहेको अवस्थामा केन्द्रीय समिति वैठक बोलाउने तत्परता समेत नदेखाउनुले पदप्रतिको मोह राखेको आरोपलाई पुष्टी गरेको छ। युनियन नेतृत्वप्रति सार्वजनिक रुपमा हुने टिकाटिप्णीले युनियनका कुनै पनि सदस्यको शिर उँचो हुन सक्दैन। तर आज पत्रकारीता जगतमा अध्यक्ष सहितका हामी युनियन नेतृत्व व्यङग्य र मजाकको पात्र भइरहेका छौं। आफूले पाएको जिम्मेवारीलाई निर्वाह गर्ने सन्दर्भमा हाम्रो नैराश्यताले युनियनले आगामी दिनमा ठूलो क्षती भोग्नु पर्ने अवस्था सिर्जना भएको छ। यसको जिम्मा मातहतका पदाधिकारी र सदस्यहरुलाई देखाएर अध्यक्ष उम्कन पाउनुहुन्न। युनियनको सांगठिक जीवन नै धराशायी हुने अवस्थामा पुगेको यस संगिन घडीमा जिम्मेवार भएर जिम्मेवारी पुरा गर्न अध्यक्षज्यूलाई आग्रह गर्दछु। यसका लागि तत्काल केन्द्रीय समितिको आकस्मिक वैठक बोलाएर आवश्यक निर्णय लिन माग गर्दछु। महाधिवेशनका लागि चुनावी मैदानमा जाने बेलामा यस किसिमको पत्र लेख्नु पर्ने अवस्था सिर्जना हुँदा दुख लागेको छ। तसर्थ यस दुखद अवस्थाबाट वाहिर निकालि जिम्मेवारी वहन गर्न फेरि पनि अध्यक्षज्यूलाई आग्रह गर्दछु । साथै युनियनका सबै तह र तप्काका साथीहरुलाई केन्द्रीय समितिको वैठक बोलाई महाधिवेशनका लागि केन्द्रीय अध्यक्षज्यूलाई दवाव दिन अपिल गर्दछु। धन्यवाद । जय नेपाल।
अजयबाबु शिवाकोटी
महासचिव
नेपाल प्रेस युनियन

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC