site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आइतबार नेप्से सच्चियो, कारोबार भने घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको पहिलो दिन पुँजी बजार सामान्य सच्चिएको छ । आइतबार शेयर बजार परिसूचक नेप्से ३.४५ अंकले सुधारिएर ११ सय ३५ दशमलब ३७ मा पुग्यो । नेप्से बढ्दा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलब ७५ विन्दुले बढेर २ सय ५० दशमलब ५२ विन्दुमा पुग्यो । 

यस दिन कारोबार भएका आधा उपसमूहमा सुधार आयो भने आधा उपसमूहमा गिरावट आएको छ । बाणिज्य बैंक, व्यापार, होटल, विकास बैंक, टेलिकम सूचीकृत अन्य र लघुवित्त उपसमूहमा बृद्धि आयो भने जलविद्युत, वित्त, निर्जिवन बीमा, उत्पादनमुलक, जीवन बीमा र म्यूचल फण्डमा गिरावट आयो । 

Prabhu Bank
Agni Group
NIC Asia

टेलिकम सूचीकृत अन्य उपसमूह सबैभन्दा उच्च १९ दशमलब ४७ अंकले बढ्दा लघुवित्त उपसमूह पनि १७ दशलमब शून्य ९ अंकले सुधारियो । जिबन बिमा समूह भने सबैभन्दा उच्च ११ दशमलब ६४ अंकले झर्‍यो । 

यसदिन १ सय ७१ कम्पनीको ९ लाख ८७ हजार ७ सय ३९ कित्ता शेयर २८ करोड ७५ लाख २७ हजार रुपैयाँमा खरिद बिक्री भए । 

Global Ime bank

आज राष्ट्रिय बीमा संस्थान कम्पनीका शेयरधनीले सबैभन्दा उच्च प्रतिसेयर १ सय ८० रुपैयाँ कमाए भने बोटलर्स नेपालका सेयरधनीले सबैभन्दा बढी प्रतिशेयर १ सय ८९ रुपैयाँ गुमाए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC