अर्थ व्यवसाय
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघले दिएको जानकारी अनुसार बुधबार प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा दुई सय रुपैयाँ घटेको हो ।
महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ७१ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ८६५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १५ रुपैयाँ घटेर आज प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६ १३:२०
प्रतिक्रिया दिनुहोस्