खेल
काठमाडौं । सक्षम कार्कीले जारी १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेसँगै नेपालको स्वर्ण सङख्या २९ पुगेको छ ।
तेक्वान्दो अन्तर्गत ग्यारोगीको ८७ केजी तौल समूहमा सक्षमले पाकिस्तानका वकर अली शाहलाई उछिन्दै स्वर्ण जितेसँगै नेपालको स्वर्णसङख्या २९ पुगेको हो ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा सक्षमले शाहलाई फाइनलमा ९ काविरुद्ध २७ अकंले हराएका हुन् ।
सेमिफाइनलमा उनले श्रीलंकन खेलाडीमाथि जित निकालेका थिए ।
नेपालले करातेर्फ १० स्वर्ण पदक जित्दा तेक्वान्दोमा ११ तथा साइक्लिङ्, ट्रायथलनमा गरी २९ स्वर्ण जितेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६ १६:४१
प्रतिक्रिया दिनुहोस्