site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुस्ताएको सुन कारोबार जुर्मुरायो, दुई हप्तामा तीन अर्बको व्यापार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुनचाँदीको मूल्यमा उच्च वृद्धि आएपछि कारोबार नहुँदा आत्तिएका व्यवसायी मंसिरमा भने केही खुशी भएका छन् । मंसिरमा विवाहको साइत धेरै हुने र कारोबारमा पनि सुधार आएपछि सुनचाँदी व्यवसायी खुशी देखिएका हुन् । 

विवाहकै कारण मंसिरमा अन्य महिनाको तुलनामा सुनचाँदीको कारोबार बढेको व्यवसायीले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंसिरमा कारोबार बढेको जनाएको
बाह्रखरीसँग कुरा गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले तिहारपछि सुस्ताएको बजार, मंसिर सुरुभएसंगै फस्टाएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“तिहारको चार दिनपछि सुनको कारोबार हुन सकेको थिएन, मंसिर लागेसँगै विवाहको लगनको भएकाले कारोबार बढेको छ, बजारमा चहलपहल छ” उनले भने । 

उनका अनुसार मंसिर १७ गतेसम्ममा दुई सय ५५ किलोग्राम सुन आयात भएकोमा १ सय ७६ किलोग्राम सुन सिफारिस भएको र व्यवसायीले लैजाने क्रम रहेको बताए । यस अवधिमा बैंकबाट एक अर्ब सात करोड बराबरको सुन व्यवसायीले उठाएका छन् । 

Global Ime bank

यससँगै रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले पनि सुन लैजाने गरेका छन् । जसले यस अवधिसम्म करिब तीन अर्ब बराबरको सुन कारोबार भएको उनले बताए । यद्यपी अघिल्ला वर्षको तुलनामा यस वर्षको मंसीरमा सुनको कारोबारमा पनि कमी भने आएको हो । 

बज्राचार्यले हाल दैनिक २५ किलोग्रामसम्म सुनको कारोबार भएको बताए । गतवर्ष मंसिरमा दैनिक ५० किलोग्रामसम्म सुनको कारोबार भएको थियो । 

गतवर्ष भन्दा सुनको कारोबारमा कमी आए पनि विगत तीन महिनाको तुलनामा भने कारोबार बढेको हो । देशभर रहेका करिब २२ हजार सुनचाँदी व्यवसायीहरुले दैनिक २० किलोग्राम सुन खपत गर्ने गरेको महासंघले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC