लियोनार्डो डिक्याप्रियोले खण्डन गरे ब्राजिलका राष्ट्रपतिको आरोप

लियोनार्डो डिक्याप्रियोले खण्डन गरे ब्राजिलका राष्ट्रपतिको आरोप

काठमाडौं । हलिउड अभिनेता तथा पर्यावरणविद् लियोनार्डो डिक्याप्रियोले ब्राजिलका राष्ट्रपति जैयर बोलसनारोले आफूप्रति लगाएको आरोपको खण्डन गरेका छन् ।

शनिबार राष्ट्रपति बोलसनारोले अमेजन जंगलमा आगलागी हुनुमा डिक्याप्रियोको पनि हात भएका आरोप लगाएका थिए । 

यो आरोपलाई खण्डन गर्दै डिक्याप्रियोले इन्स्टाग्राममा ‘स्टेटमेन्ट’ जारी गरेका थिए । उनले आगलागीबाट प्रभावित व्यतिm तथा प्राकृतिक र सांस्कृतिक महत्वबोकेको संसारकै ठूलो जंगल बचाउन सहयोग गरिरहेको बताएका छन् । हामीले आगलागीका लागि कुनैसँग सहकार्य गरेका छैनौं भनेका छन् ।

अभिनेता डिक्याप्रियोले आगलागीबाट खतम भएको अमेजनको लागि सहयोग स्वरुप ५० लाख अमेरिकी डलर सहयोग गरेका थिए । 

तर राष्ट्रपतिले भने अभिनेताले जुन एनजीओलाई सहयोग प्रदान गर्यो सोही संस्थालाई आगलागीको लागि साथ दिएको र अहिले देखावटी रुपमा सहयोग प्रदान गरेको आरोप लगाएका हुन् ।

डिक्याप्रियो सँगै डब्लूडब्लूले पनि राष्ट्रपति बोलसनारोको आरोप अस्विकार गरेका छन् ।

(द हिन्दुस्तान टाइम्स)
 

प्रतिकृया दिनुहोस
ad