site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१७ औं हस्तकला व्यापार मेला तथा १५ औं प्रतियोगिताको तयारी पूरा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिताको तयारी पुरा भएको छ । आगामी मंसिर १२ देखि १६ गतेसम्म हुने व्यापारीक मेलाको तयारी पुरा भएको नेपाल हस्तकला महासंघले जानकारी दिएको छ । मेलाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्नेछन् ।

उद्योग वाणिज्य तथा आपर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नविल बैंक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्यमहासंघ लगायतको संयोजन तथा नेपाल हस्तकला महासंको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

 महासंघले आज पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको बताएको छ । १५ औं हस्तकला प्रतियोगीतामा हस्त कला क्षेत्रमा संलग्न कलाकार र कालिगढहरुको प्रतिभा पहिचान, मुल्याकंन एवं नयाँ पुस्तालाई समेत हस्तकला क्षेत्र प्रति आर्क्षित गरी गराउने उद्देश्य रहेको छ । सो कार्यक्रममा प्रथमलाई ५० हजार द्धितियलाई ३० हजार र तृतियलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था समेत  गरिएको छ । 

मेलामा परम्परागत विधामा १५ जना कालिगढ र समसामयिक विधामा १८ जना कलाकार सहभागि  हुनेछन् ।

Royal Enfield Island Ad

मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्न, नेपाली उद्यमीलाई कम खर्चमा अन्तराष्ट्रियस्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासंका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए । उक्त मेलामा १ करोड बजेट खर्च हुने अनुमान गरेको शाक्यले बताए ।

 मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहनेछन्  भने १० करोड बढीको कारोबार हुने महासंघले  अपेक्षा रहेको छ । एक लाख बढीले मेलाको अवलोकन गर्ने बताइएको छ । 

 मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागीता हुनेछन् । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro