site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपनिर्वाचन दाङ : चार सय कर्मचारी र दुई हजार सुरक्षाकर्मी परिचालन
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा हुने दुई स्थानको उपनिर्वाचनका लागि चार सयभन्दा बढी कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन कार्यालय दाङले चुनावमा खटिने कर्मचारीलाइ आइतबार र सोमबार तालिमको व्यवस्था गरेको छ ।

दुई स्थानका ३४ मतदानस्थल र ८२ केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम दिने भएको हो । निर्वाचनमा चार सय १० कर्मचारी र तीन सय २६ स्वयमसेवक खटिने भएका छन् ।

मंसिर ११ गतेदेखि मतदानस्थलमा खटिने गरी अधिकृत र सहायक मतदान अधिकृतलाई कसरी निर्वाचन गराउने भन्‍ने विषयमा तालिम दिन लागिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचनको अवधिमा ८२ मतदान अधिकृत, ८२ सहायक मतदान अधिकृत, १६४ जना सहायक कर्मचारी र ८२ सहयोगी खटिने छन् । यस्तै तीन सय २६ जना कर्मचारी स्वयमसेवकका रुपमा खटाइने भएको छ भने मतदाता शिक्षा कार्यक्रम पनि जारी छ । 

दुई हजार सुरक्षाकर्मी परिचालन

Global Ime bank

दाङमा हुने दुई स्थानको उपनिर्वाचनलाई लक्षित गरी दुई हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को ९२० र घोराही १६ का लागि २ हजार सुरक्षाकर्मी परिचालन हुने भएका हुन् ।

२२ स्थानमा अस्थायी क्याम्प नै राखेर सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समिति दाङले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी दुई हजार सुरक्षाकर्मी परिचालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

दुई हजार सुरक्षाकर्मीसँगै २६ वटा सवारीका साधान समेत प्रयोग गरेर सुरक्षाकर्मी परिचालन हुने उनको भनाई छ । यही मंसिर १४ गते हुने उपनिर्वाचनलाई भय रहित र मर्यादित बनाउन आवश्यक सुरक्षा रणनीति प्रभावकारी बनाइएकोसमेत प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन । 

निर्वाचन हुने क्षेत्रहरुमा अहिले पनि गस्तीमा सुरक्षाकर्मी खटाइएको छ । सुरक्षित निर्वाचनका लागि सुरक्षा संवेदनशिलताका आधारमा सुरक्षाको जनशक्तिको व्यवस्था गरिएको सुरक्षा समितिले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC