site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । भारतको गुजरात राज्यकी मुख्यमन्त्री आनन्दी बेन पटेलले सोमबार राजीनामा गरेकी छन् ।
नरेन्द्र मोदी भारतका प्रधानमन्त्री भएपछि उनको उत्तराधिकारीका रूपमा पटेल गुजरातमा मुख्यमन्त्री भएकी थिइन् ।
आनन्दी बेनले आफू आगामी नोवेम्बरमा ७५ वर्ष पुग्ने र अर्को वर्ष विधानसभाको निर्वाचन हुने भएकाले भावि मुख्यमन्त्रीलाई पर्याप्त समय पाउन् भनेर राजीनामा गरेको फेसबुकमा उल्लेख गरेकी दी टाइम्स अफ इन्डियाले लेखेको छ । 
भारतीय कांग्रेस र आम आदमी पार्टीका नेताहरूले भने भ्रष्टाचारविरुद्ध लडाइँमा जित भएको दाबी गरेका छन् । हफिङटन पोस्टले कांग्रेसका स्थानीय नेतालाई उद्धृत गर्दै उनलाई केन्द्रमा मन्त्री वा कतै गभर्नर बनाइयो भने यसले घाउमा नुन छर्केजस्तो हुनेछ भन्ने लेखेको छ । 
आनन्दी बेनको सरकारमा जमिन घोटालामा संलग्न भएको आरोप लागेको छ भने हालै पटेलहरूको आन्दोलनमा दमन गरेको र दलितहरूमाथि  'गौ रक्षक' नाममा गरिएको अत्याचारका विषयमा पनि भारतीय जनता पार्टीको सरकारको आलोचना हुँदै आएको थियो । गुजरातमा हालै भएका स्थानीय निर्वाचनहरूमा भाजपाको हार र आनन्दी बेनको राजीनामालाई प्रधानमन्त्री मोदीको खस्कँदो प्रभावका रूपमा लिइएको छ ।
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC