site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बिर्तामोडमा शनिबारदेखि पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप 

बिर्तामोड । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ मा ५ ए डिभिजन क्लबसहित १० वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको सम्पूर्ण तयारीसमेत पूरा भएको आयोजकले जनाएको छ । झापा बिर्तामोडका डोमालाल राजवंशी रंगशालामा विहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कात्तिक १६ गतेदेखि सुरु हुने गोल्डकपमा ८ वटा टिमले सहभागिता जनाउने भनिएकोमा बढेको जानकारी दिइयो । 

स्पर्धामा आयोजकले आफ्नो टिम पनि समावेश भएको छ । गोल्डकपको उद्घाटन खेलमा आयोजक र सिक्किम आक्रामक एफसी आमने–सामने हुने भएका छन् । प्रतियोगितामा आयोजक जायोन स्पोर्टस क्लब, सिक्किम आक्रामक, संकटा क्लब मोलवे आसाम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहनेछन् ।

यसअघि थ्री स्टार क्लबले सहभागिता जनाउन नसक्ने भन्दै आयोजकलाई जानकारी दिएको छ । उसको ठाउँमा हिमालयन शेर्पा क्लबसँग परामर्श भइरहेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले बताए ।

असोज दोस्रो सातादेखि प्रतियोगिता सुरु हुने तयारी गरिए पनि मौषमको प्रतिकूलताका कारण स्थगित भएको थियो । त्यसपछि आयोजकले अखिल नेपाल फुटबल संघ(एन्फा) सँग कात्तिक २ गतेदेखि प्रतियोगिता आयोजना गर्न समय माग गरेको थियो । एन्फाले सो समयमा अन्यत्र प्रतियोगिता भएको हुनाले समय दिन नसकेपछि कात्तिक १६ को मिति तय भएको हो । एन्फासँग भएको सहमतिसँगै कात्तिक २५ गते फाइनल हुने गरी प्रतियोगिता हुन लागेको छ ।

प्रतियोगिताका लागि लगभग ५ हजार दर्शक बस्न मिल्ने बाँसको प्यारापिट निर्माण गरिएको आयोजक क्लबका खेल संयोजक अभिनाष राईले जानकारी दिए । उनले १० हजार दर्शकले खेल अवलोकन गर्न सक्ने गरी व्यवस्थापन गरिएको बताए । राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्कालाई आयोजक क्लबले ब्राण्ड एम्बेसेडर बनाएको छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउँने छन् । 

गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ । झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ र बिर्तामोडका युवाव्यवसायी सजेश सिवाकोटीले उक्त मोटरसाइकल प्रायोजन गरेका हुन् । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro