site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

केही दिन यताका सामान्य देखिने असामान्य घटना हेर्दा मुलुकलाई पञ्चायत – २ मा फर्काउने नियोजित प्रयास भएको भान परेको छ । प्रहरी स्रष्टाहरूलाई नैतिकता सिकाउन अग्रसर भएको छ भने सत्तारुढ दलका नेता विद्यार्थीका आवाज दबाउन गुण्डागर्दीमा उत्रेका छन् । स्रष्टालाई सधैँ नै शासकले बांगो आँखाले हेर्ने गरेका छन् । तर, गीत वा व्यंग्यका शब्द ‘मर्यादित’ भएनन् भनेर स्रष्टालाई पक्रने कार्य अधिनायकवादी शासनमा मात्र हुनसक्छ । यस्तै, सरकारको निर्णय कार्यान्वयन गरियोस् भनेर विद्यार्थीले आन्दोलन गर्नुपर्ने र आन्दोलनकारीलाई गुण्डा लगाएर कुटपिट गर्दा पनि प्रहरीले तमासा हेरेर बस्ने काम पनि अधिनायकवादी शासनमा मात्र हुनसक्छ । नेपालको संविधान, २०७२ पूर्णरूपमा उदार लोकतान्त्रिक नभए पनि अधिनायवादी हैन । अहिले सत्तामा पुगेका शासकहरू पनि निर्वाचनबाटै आएका हुन् । विडम्बना, स्रष्टालाई थुन्ने र विद्यार्थीमाथि गुण्डा लगाउनेलाई राजनीतिक संरक्षण गर्ने काम भने नेपालमै भएको छ ।

शुल्कका नाममा निजी मेडिकल कलेजहरूले विद्यार्थीहरूसँग सरकारले तोकेभन्दा धेरै रुपिया लिन थालेपछि विद्यार्थीहरूले विरोध गरिरहेका छन् । मेडिकल कलेजका विद्यार्थीहरूको आन्दोलन अपेक्षाकृत शान्तिपूर्ण रहेको छ । विद्यार्थीहरूका अनुसार ‘अवैध असुली’मा संलग्न पर्साको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट र हातपात गरिएको छ । आफूहरूसँग असुल गरिएको अवैध शुल्क फिर्ता गर्ने माग राखेर आन्दोलनरत एमबिबिएस तहमा अध्ययन गर्ने विद्यार्थीमाथि गत कात्तिक ७ गते नेसनल मेडिकल कलेजका सञ्चालक तथा निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीकै उपस्थितिमा दुव्र्यवहार भएको आरोप विद्यार्थीहरूले लगाएका छन् । विद्यार्थीमाथि भएको दुव्र्यवहारका विरोधमा चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारले पत्रकार सम्मेलन गरी ‘‘होस्टल परिसरभित्रै केही स्थानीय गुण्डा’’ र व्यवस्थापनको ‘नजिकका सिनियर विद्यार्थीद्वारा’ ‘निर्घात कुटपिट’ गरिएको आरोप पनि लगाएका छन् । 

विधिको शासन भएको मुलुकमा भए सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी असुल गरिएपछि कानुन कार्यान्वयन गर्ने निकायले नै कारबाही गर्ने थियो । विद्यार्थीले यसरी आन्दोलन गर्नुपर्ने थिएन । राज्य संयन्त्रले आफ्नो कर्तव्य पूरा नगर्दा नागरिकहरू अगाडि सर्नुपर्ने हुन्छ । र्यापर भिटेनलाई पक्रनुको साटो प्रहरीले त अन्सारी र उनले खटाएका गुन्डालाई पो पक्रेर कारबाही चलाउनु पथ्र्यो । पञ्चायत कालमा पनि यस्तै हुन्थ्यो । अन्याय गर्ने हैन न्याय खोज्नेहरूलाई प्रहरीले पक्रन्थ्यो । स्वतन्त्र अभिव्यक्तिका सबै ढोका बन्द गरिएका थिए । त्यो निरंकुश शासन थियो । अहिले पनि त्यही पथ र प्रवृत्ति अपनाउने हो भने शासनलाई ‘पञ्चायत – २ भन्नुपर्ने हुन्छ ।  सरकारका क्रियाकलापले  पञ्चायतको दोस्रो संस्करण सुरुहुन लागेको सन्देह बढेकाे छ । आशा गरौँ, लोकतान्त्रिक संविधानअन्तर्गत जनताले चुनेको संसद्ले बनाएको सरकारले कसैलाई राजा बनाएर पञ्चायतको दोस्रो संस्करण सुरु गर्नेछैन । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC