site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तिहारमा बालबालिकाका निम्ति युट्युबमार्फत् वर्णमाला उपहार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली भाषामा बालबालिकाहरूका निम्ति मौलिक र स्तरीय बालरचनाहरूको अभावलाई ध्यानमा राखेर नेपालयले बालबालिका निम्ति बाल रचनाहरू निर्माण गर्न शुरु गरेको छ । नेपालभित्र र विश्वभर छरिएर रहेका नेपालीभाषी बालबालिकाहरूमै समर्पित हुनेगरि यो काम नेपालयले अघि बढाएको हो ।

यस्ता गीतहरूमा शिशु कक्षादेखिका बालबालिकालाई शैक्षिक हिसाबले समेत काम लाग्नेगरि बाह्रखरी, अंकगणितसँगै विविध विषय समेटिएका छन् ।
बालबालिकाको मनोभावलाई सुहाउनेगरिका बालरचनाहरू संगीतकार आभासले रचना गरेका छन् । आभासले बालबालिकाका  निम्ति तयार पारेका बालगीतहरू पहिले पनि लोकप्रिय भइसकेका छन् ।
‘आफ्नै पारिवारिक परिवेशका निम्ति उपयुक्त बालगीतहरूको खोजी गरिरहेका आभासलाई मैले यस क्षेत्रमा उनले पुरानै सीप र अनुभव प्रयोग गरेर नयाँ गीतहरु तयार पार्नसक्ने अनुरोध गरेको थिएँ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नभन्दै केही महिनामै उनले वर्णमालामा आधारित गीतहरु नै तयार पारिदिए ।’

Prabhu Bank
Agni Group
NIC Asia

किरणका अनुसार यस्ता बालगीतहरूलाई पुस्तकाकारमा पनि पब्लिकेशन नेपालयले तयार पारेर सर्वत्र उपलब्ध गराउने तयारी रहेको जानकारी गराएका छन् ।


नेपालयले यसरी तयार भएका प्रारम्भिक सिर्जनाहरू युट्युब र सामाजिक सञ्जालहरूमा ‘नेपाली बाल रचना’को नामले उपलब्ध गराउने जानकारी ६ महिना अघि नै गराइसकेको थियो  ।

Global Ime bank

यस्तो छ बाल रचना
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC