site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सीले आज राष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवासँग भेट्ने, प्रधानमन्त्रीसँग भोलि मात्रै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आइपुग्दैछन् । नेपाल आइपुगेलगत्तै सी भेटघाटमा व्यस्त हुने छन् ।
 
आजै उनले समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने छन् । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने छन् । राष्ट्रपति सीले देउवासँग होटल सोल्टीमा भेट्ने छन् । 

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्ने कार्यक्रम तय भएको छ । सी उक्त रात्रीभोजमा सहभागि हुनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने आइतबार विहान मात्रै भेट्ने छन् । सीलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले विमानस्थलमा स्वागत गर्नेछन् । सीसँग प्रधानमन्त्री ओलीको भेट विमानस्थलमा आज भए पनि प्रतिनिधि मण्डलसहितको औपचारिक भेट भने भोलि मात्रै हुने छ ।   

सी र प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुने जनाइएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितीमा केही दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसपछि सीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC