साहित्य
काठमाडौं । नेपाल चलचित्र कलाकार संघले दसैंको टीका तथा जमरा ग्रहणको कार्यक्रम आयोजना गरेको छ । संघले शुक्रबार (भोली) टीका तथा जमरा ग्रहणको कार्यक्रम आयोजना गरेको हो ।
स्काई जोन पार्टी प्यालेस धुम्बाराहीमा दिउँसो २ बजेबाट टीका लगाइदिने कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।
“दसैंमा नेताका घरघर भएर टीका लगाएर आशिर्वाद थाप्ने चलन छ । तर हामी कलाकारमा यो संस्कार छैन । त्यसैले यो वर्षबाट आफूभन्दा अग्रज कलाकारबाट टीका तथा जमरा थाप्ने थिती बसालौं भनेर भोली यो कार्यक्रम आयोजना गरेका हौं,” अध्यक्ष खड्काले बाह्रखरीसँग भने ।
उनका अनुसार संघका संरक्षक नीर शाह र अध्यक्ष खड्काले टीका लगाइदिने छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६ १४:०९
प्रतिक्रिया दिनुहोस्