site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत, मतदाता परिचयपत्र छपाइ शुरू
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले ७५ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
आयोगको सोमबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

“२०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा ७५ जिल्लाका माननीय जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत पदमा नियुक्ति गर्ने निर्णय गरेको छ,” निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसैगरी, आयोगको बैठकले न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीहरू समेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत पदमा मिति २०७३ चैत २५ गतेदेखि लागु हुने गरी नियुक्ति गर्ने निर्णय गरेको छ । नियुक्त भएका मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतहरूको नामावली २०७३ चैत २२ गतेको गोरखापत्रमा प्रकाशन गर्ने निर्णय आयोगले गरेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी आयोगले फोटोसहितको मतदाता परिचयपत्र छपाई पनि शुरू गरेको छ । सोमबार प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले छपाइको शुभारम्भ गरेका थिए । “२०७४ बैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचनमा प्रयोग गर्ने गरी फोटोसहितको मतदाता परिचयपत्रको छपाइको कार्य निर्वाचन आयोग परिसरमा शुरू भएको छ, ” विज्ञप्तिमा भनिएको छ, “अत्याधुनिक सुरक्षण प्रविधि, क्यूआर कोड तथा फोटोसहितको नयाँ परिचयपत्र छपाइ समाप्त भएपछि मतदाताहरूसमक्ष पु¥याउने आयोगको तयारी रहेको छ ।” 

त्यसैगरी आयोगले मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमूना उपलब्ध गराउन भनेको छ । 

Global Ime bank

“स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १८ मा दलको तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको सो समिति वा प्रदेश समितिको पदाधिकारीले प्रमाणित गरी उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने अन्तिम मिति भन्दा कम्तीमा पन्ध्र दिन अगावै आयोगलाई उपलब्ध गराउनु पर्ने र आयोगले त्यस्तो विवरण मनोनयनपत्र दर्ता गर्न तोकिएको मिति अगावै सम्बन्धित निर्वाचन अधिकृत समक्ष पठाइसक्नु पर्ने तथा यसरी रीत नपु¥याई मनोनयन पत्र दाखिल भएको अवस्थामा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रूपमा मान्यता नदिइने व्यवस्था छ,” विज्ञप्तिमा भनिएको छ,“अतः आगामी मिति २०७४ साल बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि उक्त ऐनको उक्त दफा बमोजिम राजनीतिक दलहरूको तर्फबाट विभिन्न पदका लागि खडा गरिने उम्मेदवारहरूको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना यस आयोगको कान्तिपथ, काठमाडौंस्थित कार्यालयमा २०७३ चैत २६ गते शनिबारसम्ममा पेश गर्नको लागि सम्बन्धित राजनीतिक दलहरूलाई सूचित गर्ने गरी आयोगबाट निर्णय भएको छ र यसको सूचना गोरखापत्र दैनिकमा प्रकाशित हुनेछ ।”
        

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २१, २०७३  २०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC