site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ अब १० देशमा   
Sarbottam CementSarbottam Cement

काठमाडौंं । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ योजनामा बिहिबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ ।  

योसँगै अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुका लागि अनलिमिटेड रोमिङ डेटा प्याक उपलब्ध हुनेछ । यस अफर अन्तर्गत एनसेलका  प्रिपेड तथा पोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन १२७.६९ रुपैयाँमा अनलिमिटेड रोमिङ डेटा सेवाको फाइदा लिन सक्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफू यात्रामा जानुअघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरि निर्देशन अनुसार यो रोमिङ सेवा सुचारु गर्न सकिनेछ । रोमिङ सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स१७१२९ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् ।

यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाइसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC