बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
बाह्रखरी गल्फ प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एनसेल बाह्रखरी गल्फ यस वर्ष सगरमाथा क्षेत्रमा हुने
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, असोज ६, २०७६
Laxmi Bank
Laxmi Bank

काठमाडौं । बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’को तेस्रो संस्करण आगामी अक्टोबरमा हुने भएको छ । बाह्रखरी मिडियाले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिाताको बारेमा जानकारी दिएको छ । 

प्रतियोगिताले देशको प्रचारप्रसार गर्नुका साथै खेल भावनालाई प्रोत्साहन गर्ने र नेपाल भ्रमण वर्ष २०२०को प्रवद्र्धनमा समेत उल्लेखनीय सहयोग पुर्याउने अपेक्षा आयोजकको छ ।

बाह्रखरी मिडियाले यस वर्षको गल्फ सगरमाथा क्षेत्रमा आयोजना गर्ने भएको छ । यो प्रतियोगिताको नाम ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेस्ट गल्फ २०१९’ रहेको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल इयर २०२० को सहकार्यमा गर्न लागिएको हो । 

Global bank

Agani Group

प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो २० अक्टुबर २०१९ का दिन ४२ सय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणमा, सबै गल्फरले अक्टुबर २६ का दिन काठमाडौंको गोकर्ण सफारी रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन् । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने बताइएको छ । 

प्रतियोगितामा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङ्दे रीमा वान होल गल्फ कोर्स तयार भइरहेको छ । यो प्रतियोगिता नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो खेल रहेको दाबी गरिएको छ । यो प्रतियोगिता संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने अपेक्षा आयोजकको छ । 

sarbottam cement

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको यस प्रतियोगितामा भारत, चीन, अमेरिका, सिङ्गापुर, श्रीलङ्का, हङकङ, बेलायतलगायतका मुलुकबाट पत्रकार आमन्त्रित गरिएको छ । साथै, सीएनएन, बीबीसी, रोयटर्स, एपी, एएफपी, ब्लुमबर्गजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थालाई पनि आमन्त्रण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अन्तर्राष्ट्रिय पत्रकारहरुको आगमनले विश्व मानचित्रमा नेपालमा गल्फ साथै पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा आयोजकको छ । 

प्रतियोगिताका लागि ४० भन्दा बढी खेलाडी, १५ राष्ट्रिय–अन्तर्राष्ट्रिय पत्रकार तथा केही अन्तर्राष्ट्रिय खेलाडीका साथै विशिष्ट व्यक्तिलाई हवाईजहाज र हेलिकप्टरमा लुक्ला हुँदै कोङ्दे लग्ने योजना छ प्रतियोगितालाई भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेसनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज यसका पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैङ्क प्रतियोगिताको बैङ्किङ पार्टनर तथा टाटा मोटर्स एच फाइभ भेहिकल तथा होल–ईन–वान पार्टनर रहेको छ । 

आज आयोजित पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पहिचानका लागि गरिएको कार्यक्रम भएको हुनाले आफूहरुले सहकार्य गरेको बताए । 

नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा बाह्रखरीले आयोजना गरेको यस कार्यक्रममा विश्वभरबाट पत्रकार आउनु सकारात्मक विषय भएको बताए । “विश्वभरका मिडियाको चासो सगरमाथाप्रति देखिन्छ । यो संसारभर समाचारको विषय पनि हो,” उनले भने ।

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए । “यो नेपालकै लागि गरिएको कार्यक्रम हो,” उनले भने, “नेपालको प्रमोसनका लागि हामीले प्रतियोगिता आयोजना गरेका हौं ।”

पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराउँदै मुलुकको जीडीपी बढाउन पर्यटन नै महत्वपूर्ण भएको बताए ।

गोकर्ण गल्फ कोर्सका डाइरेक्टर दीपक आचार्यले ४२ सय ५० मिटरको उचाइमा प्रतियोगिता गर्न लागिएको जानकारी गराए । 

नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाँलले कार्यक्रमको सफलताको कामना गरे ।

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
सोमबार, असोज ६, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्