site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
अर्जुन कार्कीले जिते एनसेल बाह्रखरी गल्फमा सुनको बल
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्जुनकुमार कार्कीले शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौँ संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पुरस्कार जितेका हुन् ।

पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ अंक जोडेका थिए । आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याक नाइनमा १७ अंक जोडे । 

12-1710584439.jpg
यससँगै चार ह्यान्डीक्याप खेल्ने रमेश गुरुङले ३३ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । बेस्ट ग्रसमा रमेश गुरुङ र टासी छिरिङले समान अंक जोडेका थिए । तर ब्याक नाइनमा रमेशले १६ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । टासीले ब्याक नाइनमा १४ अंकमात्र जोडे । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । शेर्पाले पाँच बर्डी प्रहार गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरुषतर्फ लिलाजंग गुरुङले दोस्रो स्थान हासिल गरे । गुरुङले ३७ अंक जोडेका थिए । पुरुषतर्फको उपविजेतामा दुई खेलाडीबिच अंक बराबर भएको थियो । तर, काउन्ट ब्याकमा १९ अंक जोड्दै गुरुङले दोस्रो स्थान हासिल गरे । गुरुङसँग अंक बराबर गरेका आयुश मानन्धरले काउन्ट ब्याकमा १७ अंक जोडे ।

Global Ime bank

9-1710584438.jpg
 

प्रतियोगितामा बलराम थापाले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते । उनले ३६ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरे ।

महिलातर्फको उपाधि सुस्मा सिंहले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । उपविजेता बनेकी बालकासी गुरुङले ३० अंक जोडिन् ।

11-1710584438.jpg
 

क्लोजेस्ट टू द पिनको उपाधि संगम केसीले जिते । चौथो होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’ को ‘अट्टो थ्री’ गाडी जित्न दुई यार्डले चुकेका थिए । लङ्गेस्ट ड्राइभको उपाधि बानचेन ढुन्डुपले जिते । उनले ३२० यार्ड लामो ड्राइभ प्रहार गरेका थिए । 

यस कर्पोरेट गल्फ प्रतियोगिता १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा भए पनि एक होल केही बिग्रिएकाले दुई होल दोहोर्याएर खेलिएको थियो । 

7-1710584437.jpg
 

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १०७ जना पुरुष र १० जना महिला गरी कुल ११७ जना खेलाडीको सहभागिता थियो । प्रतियोगिताको पहिलो दिन चार महिला र ६० पुरुष गरी ६४ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । दोस्रो दिन ६ महिला र ४७ पुरुष गरी कुल ५३ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । 

समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभईकन ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए ।
 “देशमा लगानीको वातावरण बनेको छ । व्यापार, व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ,” प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो सत्तासहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको छु । नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनु पर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।”
समृद्धिको यात्रामा अवरोध गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “नेपालमा हामी जुन खालको व्यवस्थामा छौँ, यसले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध गर्दैन, गर्न दिइँदैन ।”
देशका विभिन्न स्थानबाट सिधै पोखरा आउन हवाइमार्ग अहिले पहिलेभन्दा सहज भएको उनले उल्लेख गरे । अब यसलाई पनि विस्तार गरेर झापा, विराटनगर, चितवन, भैरहवा, नेपालगन्ज र धनगढीबाट नियमित उडानका निम्ति सरकारले वातावरण बनाउने उनले बताए ।

अन्तर्राष्ट्रियस्तरको पोखरा विमानस्थल बनेर पनि सञ्चालनमा आउन नसकेको व्यवसायीको चिन्ता रहेको आफूलाई जानकारी भएको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले हवाई सञ्चालनका विषयमा निजी क्षेत्रले देखाएको चासो सम्बोधनका लागि पहल गर्ने विश्वास दिलाए ।

प्रधानमन्त्री दाहालले नयाँ गठबन्धन बनेलगत्तै गृहमन्त्री र अर्थमन्त्रीलाई बोलाएर व्यवसायीलाई दुःख नदिन निर्देशन दिएको बताउँदै ढुक्क भएर काम गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाह्रखरी मिडियाले गरेको कार्यक्रमले व्यवसायीमा सकारात्मक सन्देश दिएको बताएका थिए ।

विगतमा जस्तै अहिले केही पनि नभएको भाष्य बन्दै गएको बताउँदै सकारात्मक सन्देश जानु राम्रो भएको बताए । आगामी दिनमा पनि बाह्रखरीले यस्ता कार्यक्रम आयोजना गर्दा आफूहरुको साथ र सहयोग रहने जानकारी गराए ।

प्रमुख प्रायोजक एनसेलका सीईओ जाब्बोर कायोमुभले बाह्रखरी मिडियासँग आफूहरुको सहकार्य विगतदेखि नै रहेको बताउँदै आगामी दिनमा पनि निरन्तरताको प्रयास गर्ने बताए ।

कार्यक्रममा सांसद विद्या भट्टराई, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले स्वागत गरेका थिए । त्यसैगरी बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले स्वागत र प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले धन्यवाद व्यक्त गरेका थिए ।

प्रतियोगिताको उद्घाटन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘टी–अफ’ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । 

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

8-1710584437.jpg
 

प्रतियोगिता सम्पन्न भएको पोखरा महानगरपालिका–१४ स्थित हिमालयन गल्फ कोर्सलाई गल्फको प्रतिष्ठित म्यागाजिन ‘गल्फ डाइजेस्ट ले विश्वकै उत्कृष्ट गल्फ कोर्समध्येको एकमा राखेको छ । 

गत चार वर्षजस्तै एनसेल यो वर्ष पनि प्रमुख प्रायोजकका रूपमा बाह्रखरी गल्फसँग आवद्ध छ । हरेक वर्ष अर्बौं रुपैयाँ कर तिरेर सबैभन्दा बढी राजश्व तिर्ने कम्पनीको सूचीमा रहन सफल एनसेलले सरकारलाई कर तथा गैरकर गरी तीन खर्बभन्दा बढी राजश्व तिरिसकेको छ  । प्रत्यक्ष, अप्रत्यक्षरूपमा २५ हजारभन्दा बढीलाई रोजगारीको अवसर प्रदान गरेको छ ।

5-1710584436.jpg
 

कार्यक्रममा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका सह–आयोजकको रुपमा रहेका छन् ।

यसैगरी, इन एसोसिएसन विथ (साझेदार)मा विद्युतीय गाडी बीवाईडी रहेको छ । नेपाल मात्र नभएर विश्वमा अहिले विद्युतीय गाडीमा बीवाईडीले अग्रस्थान बनाएको छ ।

प्रभु बैंक लिमिटेड (बैंक अफ दी इयर), सिभास रिगल, गोर्खा ब्रुअरी (काल्र्स बर्ग), एनआईसी एसिया बैंक लिमिटेड, डिशहोम फाइबरनेट, भाटभटेनी सुपरमार्केट, माछापुच्छ«े बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, अजया डाइमन्ड, डाबर नेपाल, ग्लोबल आईएमई बैंक लिमिटेड र शिखर इन्स्योरेन्सजस्ता प्रतिष्ठित संस्थाहरूले यस कार्यक्रमलाई सहयोग गरेका छन् ।

गल्फ खेल र यसका खेलाडीलाई देशको आर्थिक मुद्दामा सम्मिलित गराउने उद्देश्यसहित बाह्रखरी मिडियाले ६ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको छ । बाह्रखरी गल्फको यो सातौँ संस्करण हो ।

यसअघि बिहीबार गल्फको पूर्वसन्ध्यामा पोखरालाई पर्यटकीय राजधानीको रूपमा प्रवर्द्धन गर्न साइकल र्याली समेत सम्पन्न भएको थियो । 

6-1710584436.jpg
 

यसअघि गत वर्षको संस्करण काठमाडौंको गोकर्ण गल्फ कोर्समा सम्पन्न भएको थियो ।
२०७८ कोसी प्रदेशको आर्थिक उत्थानमा केन्द्रित भई विराटनगरमा आर्थिक सम्मेलन, इटहरीमा युवा उद्यमी सम्मेलन तथा धरानमा गल्फ प्रतियोगिताको आयोजना गरिएको थियो ।

२०७७ सालमा कोरोनाले आहत पारेको पोखराको पर्यटनको विकासका लागि गल्फ तथा पर्यटन थिम अन्तर्गत पोखरामा कार्यक्रम आयोजना गरिएको थियो । 

3-1710584432.jpg
 

त्यसअघिको वर्ष नेपालको नाम विश्वको पर्यटन नक्सामा प्रचार र प्रसार गर्ने उद्देश्यसहित सर्वोच्च शिखर सगरमाथासँगै रहेको कोङ्दे हिमालको कोङ्दे रि मा ४२५० मिटरको उचाईमा गल्फ आयोजना गरिएको थियो । विश्व रेकर्ड राख्ने उद्देश्यसहित गरिएको यस गल्फ प्रतियोगितालाई विश्वभरका मिडियाले ठूलो महत्वका साथ समाचार बनाएका थिए । त्यसअघि पहिलो र दोस्रो संस्करण पनि गोकर्ण गल्फ क्लबमै आयोजना भएको थियो । 

qfmmg-1710582178.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC