site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चीनबाट सबैभन्दा बढी नेपाल भित्रिने सामान हो मोबाइल !
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनबाट सबैभन्दा बढी नेपाल आयात गरिने सामानमा मोबाइल सेट र टेलिकम्युनिकेसन सम्बन्धी सामग्री भएको पाइएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले नेपालको राष्ट्र बैंकलाई उद्धृत गर्दै जनाएअनुसार मोबाइल सेट र टेलिकम्युनिकेसन सम्बन्धी इक्विपमेन्ट आर्थिक वर्ष २०१८–१९मा सबैभन्दा बढी चीनबाट नेपाल भित्रिएका छन् । 

त्यसपछि चीनबाट ल्याइने अन्य सामानमा तयारी पोशाक, विद्युतीय सामग्री, मेशिन एवं त्यसका पार्टसहरु र टेलिभिजन एवं टेलिभिजन पार्टस नेपालमा बढी आइरहेका छन् ।  नेपालले गएको आर्थिक वर्षमा चीनबाट २०० मिलियन अमेरिकी डलर बराबरको मोबाइल सेट र टेलिकम्युनिकेसन इक्विपमेन्ट ल्याएको छ । यसैगरी तयारी पोशाक १८४ मिलियन डलरको नेपाल आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै विद्युतीय सामग्री १७८ मिलियन डलरको, मेशीन र पार्टपूर्जा १६६ मिलियन डलरको, टेलिभिजन र त्यसका पार्टस ९० मिलियन डलरको नेपाल भित्रिएको छ । यी पाँच आइटमको आयातको मूल्य अन्य सबै आयातको झण्डै आधा हिस्सा भएको जनाइएको छ । 

चीनबाट अघिल्लो आर्थिक वर्षमा जम्मा ८१८ मिलियन डलरको सामान नेपालमा आयात भएको राष्ट्र बैंकलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । नेपालमा टेलिकम्युनिकेसनका सामान हुवावे र जेडटीइका उत्पादन नेपाल आउने गरेको बताइएको छ । गएको आर्थिक वर्षमा नेपालले भने १८ मिलियन अमेरिकी डलर बराबरको सामान मात्रै चीनतर्फ पठाएको पाइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC