देश
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बिजुलीको व्यापार गर्न नपाउने बताएका छन् । घरबेटीले भाडावालबाट बिजुलीको पैसा बढी लिएर प्राधिकरणलाई कम तिर्ने अनि आफू नाफा खाने गरेको उनले बताए ।
भाडामा बस्ने ग्राहकले बढी महसुल तिर्नुपरेको गुनासो आएको उनले बताए । प्राधिकरणमा कार्यकारी निर्देशक भएको तीन वर्ष पुगेको अवसरमा आज पत्रकार सम्मेलन गरेका घिसिङले भने, “जति बिल आउँछ, त्यति तिर्नुस् । घरबेटीले प्रतियुनिट महसुल बढाएर व्यापार गर्न पाउँदैन,” उनले भने, “बरू भाडा बढी लिनुस् बिजुलीको महसुल बढी नलिनुस् । १३ रूपैयाँ प्राधिकरणलाई तिर्ने अनि भाडावालसँग २० रुपैयाँ लिन पाइँदैन ।”
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६ १५:१०
प्रतिक्रिया दिनुहोस्