अर्थ व्यवसाय
काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले हिमालयन बैंक लिमिटेडलाई टे«ड फाइनान्स कार्यक्रम अन्तर्गत उच्चतम कारोबार गरेबापत टीएफपी अवार्ड प्रदान गरेको छ । एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो ।
सेप्टेम्बर ३, २०१९ मा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका महाप्रबन्धक सुशिल जोशी र मुख्य प्रबन्धक सतीशराज जोशीले उक्त अवार्ड ग्रहण गरे । बैंकले यस पटक समेत तेश्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६ १६:२६
प्रतिक्रिया दिनुहोस्