site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दाहाल र देउवालाई भेटेपछि चिनियाँ विदेशमन्त्री आज फर्किँदै, भेटघाटपछि जारी वक्तव्यमा के छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको तीनदिने भ्रमणका लागि आइतबार आएका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी आज बिहान केही राजनीतिक भेटघाटपछि  भ्रमण पूरा गरेर दिउँसो स्वदेश फर्किँदै छन् । उनको भ्रमणको दोस्रो दिन राति परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग प्रतिनिधिमण्डल स्तरको भेटवार्ता गरेको जनाइएको छ । 

वक्तव्यमा दुवै परराष्ट्र मन्त्रीले दुई देशबीचको सबै महत्वपूर्ण पक्षका बारेमा पुनरवलोकन गरेको जनाइएको छ ।  दुवै परराष्ट्रमन्त्रीले पछिल्ला वर्षमा दुई देशबीचको सम्बन्ध अझ विस्तार र गहिरो हुँदै गएकोमा सन्तोष व्यक्त गर्दैै आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रवद्र्धन गर्ने विषयमा कुरा भएको जनाइएको छ । 
सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको सामाजिक –आर्थिक विकासमा चीनको निरन्तर सहयोग र कनेक्टिभिटी, पूर्वाधार, उर्जा र शिक्षाको क्षेत्रमा सहयोग बृद्धि गरेकोमा सह्राहना गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सो अवसरमा चीनका विदेशमन्त्रीले नेपालको विकास प्रयासमा चीनको सहयोगको प्रतिबद्धता जनाएका थिए । यसैगरी दुवै पक्षले व्यापार, लगानी र पर्यटनको क्षेत्रमा केन्द्रीत रहेर दुई पक्षीय आर्थिक सहयोगको बारेमा धारणा राखेका थिए । दुबै पक्षले दुई देशबीच उच्चस्तरको भ्रमण नियमित हुनुपर्ने कुरामा जोड दिँदै आपसी विश्वास र आत्मविश्वास तथा दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ गर्नका लागि उच्चस्तरीय भ्रमणको महत्वबारेमा सो अवसरमा चर्चा गरेका थिए । 

दुई मन्त्रीले सो अवसरमा विगतमा भएका सहमति र समझदारीको कार्यान्वयनमा पनि जोड दिएका थिए ।  दुवै पक्षले आपसी चासोका क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहयोग निरन्तर कायम राख्ने कुरामा पनि सहमति जनाएका छन् ।  दुईपक्षीय वार्ताका क्रममा दुई मन्त्रीको उपस्थितिमा मनाङमा अस्पताल निर्माण परियोजना, आपतकालीन सेल्टरका लागि ५ हजार थान पाल चीनले उपलब्ध गराउने तथा नेपालमा चीनका स्वयंसेवी शिक्षकको बारेमा समझदारीपत्रमा हस्ताक्षर गरी आदान प्रदान गरिएको वक्तव्यमा उल्लेख छ ।

Global Ime bank

त्यसैगरी, सोमबार नै चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली समक्ष शिष्टाचार भेट गरेका थिए ।  साँझ परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षी र उनको प्रतिनिधिमण्डलको  सम्मानमा रात्रिभोजको कार्यक्रम गरिएको समेत वक्तव्यमा उल्लेख छ । 

वक्तव्यमा विगतमा भएका सहमति र समझदारीको कार्यान्वयनमा दुबै देशका परराष्ट्र मन्त्रीले जोड दिएको चर्चा गरिए पनि नाम नै किटेर निकै चासो रहेको रेलको विषय भने उल्लेख गरिएको छैन । त्यसैगरी उच्चस्तरीय भ्रमण आदानप्रदानको चर्चा गरिएको भए पनि चिनियाँ राष्ट्रपतिको आगामी भ्रमणलाई नै तोकेर भने केही पनि भनिएको छैन ।

चिनियाँ विदेशमन्त्रीले आज बिहान सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैसँग छुट्टाछुट्टै आधा घण्टाका दरले भेट्ने कार्यक्रम रहेको छ ।  त्यसपछि उनी दिउँसो स्वदेश फर्किनेछन् । उनी इश्लामावादमा भएको चीन–पाकिस्तान–अफगानिस्तान त्रिदेशीय बैठकमा भाग लिएर आइतबार साँझ काठमाडौं आइपुगेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC