राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक बोलाएका छन् ।
नेकपामा दाहालले पहिलोपल्ट यसरी बैठक बोलाएका हुन् । अर्का अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचाररत छन् । यसअघि बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा पनि दाहालले बैठक बोलाउन सक्ने जानकारी गराउँदै सहमतिमा पार्टीको निर्णय गर्न आग्रह गरेका थिए ।
यसअघि दुबै अध्यक्षको उपस्थितिमा मात्रै सचिवालय बैठक बोलाइने गरिएको थियो ।
पालैपालो अध्यक्षता गर्ने पार्टी एकताका बेला सहमति भएको थियो । दाहालको सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६ १९:००
प्रतिक्रिया दिनुहोस्