site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री ओलीलाई भेटे भारतीय विदेशमन्त्री जयशंकरले
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । केही घण्टा अघिमात्रै काठमाडौं ओर्लेका विदेशमन्त्रीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा ओलीसँग भेट गरेका हुन् । 

जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आएका हुन् । काठमाडौंस्थित भारतीय दूतावासले जानकारी गराएअनुसार सो भेटघाटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतको सहभागिता रहेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

संयुक्त आयोगको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र भारतको तर्फबाट त्यहाँका विदेशमन्त्री एस जयशंकरले बैठकको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा दुई देशका सबै महत्वपूर्ण विषयमा विचार विमर्श हुने जनाइएको छ । भारतका विदेशमन्त्री जय शंकर आजै ढाकाबाट काठमाडौं आएका हुन् । 

Global Ime bank

भारतका विदेशमन्त्रीलाई  त्रिभुवन विमानस्थलमा नेपालका परराष्ट्र सचिव शंकर बैरागी र भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले स्वागत गरेका थिए । त्यसैगरी नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले पनि स्वागत गरेका थिए ।

बैठकमा  कनेक्टिभिटी, आर्थिक साझेदारी, व्यापार र पारवहन, उर्जा र जलश्रोत, संस्कृति, शिक्षा र अन्य दुईपक्षीय चासोका विषयहरु एजेण्डाको रुपमा रहेको जनाइएको छ । 

आयोग सन् १९८७ मा स्थापना भएको हो । यसअघिको चौथो बैठक गएको सन् २०१६ को अक्टोबरमा नयाँ दिल्लीमा भएको थियो । भारतीय विदेशमन्त्रीले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । उनलाई आज परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोज दिनेछन् । उनी भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC