बिहीबार स्वतन्त्रता दिवसको मौका छोपेर बलिउडका दुई चलचित्र रिलिज भए– अक्षय कुमार अभिनित ‘मिशन मंगल’ र जोन अब्राहमको ‘बाटला हाउस’ । यी दुवै अभिनेताका फ्यान फलोअर्स निकै धेरै छन् । बक्स अफिसमा भने बाटला हाउस अगाडि देखिएको छ मिशन मंगलभन्दा ।
ट्रेड एनालिस्ट तरण आदर्शले दुवै चलचित्रको बक्स अफिस कलेक्शनबारे जानकारी दिएका छन् । २९.१६ करोड भारुबाट ओपनिङ गरेको मिशन मंगलले चौथो दिनसम्म आउँदा २७.५४ करोड भारु कमाएको छ । अक्षयको चलचित्रले ४ दिनमा ९७.५६ करोड कमाइ गरेको हो ।
‘बाटला हाउस’ले भने पहिलो दिन १५.५५ करोड भारतीय रुपैयाँमा ओपनिङ गरेको थियो । चौथो दिन भने यस चलचित्रले करिब १४ करोड कमाएको छ । मध्यम बजेटमा बनेको जोनको ‘बाटला हाउस’ले चार दिनमा ५० करोडको कलेक्शन गर्न सफल बनेको छ ।
आजतक