site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हेटौँडा-भरतपुर प्रसारण लाइनको काम ठप्प
Sarbottam CementSarbottam Cement

हेटौंडा । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा आठ वर्ष ढिला भइसक्दा पनि काम नसकेको भन्दै आइकन टेली लिमिटेड भारतसँग प्राधिकरणले गत वैशाखमा ठेक्का तोडेको हो । 
 
आइकन टेलीसँगको ठेक्का तोडे पनि प्राधिकरणले नयाँ ठेक्का भने आह्वान गरेको छैन । करीब चार महीनायता काम हुनसकेको छैन, अब नयाँ ठेक्काको प्रक्रिया भने सुरु भइसकेको जनाइएको छ । चाँडै नै प्रसारण लाइनको काम शुरु हुने आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवाल बताए । विश्व बैंकको ऋणमा निर्माण भइरहेको प्रसारण लाइनको काममा भइरहेको ढिलासुस्तीप्रति बैंकले नै असन्तुष्टि जनाएपछि ठेक्का रद्द गरिएको जैसवालले जानकारी दिए । 

विश्व बैंकको स्वीकृति आउने बित्तिकै ठेक्का आह्वान हुने उनको भनाइ छ । हेटौँडा-भरतपुर प्रसारण लाइनको काम ६४ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । सन् २००९ मार्च ९ मा दुई वर्षभित्र सम्पन्न गर्ने गरी आइकन टेली लिमिटेड भारतसँग सम्झौता गरिएको थियो । प्राधिकरणले उक्त कम्पनीलाई ११ पटकसम्म म्याद थप गर्दा पनि काम भने सम्पन्न हुनसकेन । एक अर्ब ६० करोडमा काम सुरु गरेको कम्पनीले लगानी जुटाउन नसकेपछि प्राधिकरणले ठेक्का सम्झौता तोडेको आयोजना प्रमुख जैसवालले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्राधिकरणले कम्पनीको बैंक खाता नै रोक्का गरेको छ । हेटौँडा–भरतपुर प्रसारण लाइनमा २२६ वटा टावर निर्माण गर्नुपर्नेमा १६४ वटा टावर निर्माण सकिएको छ । एक वर्षभित्र सम्पन्न गर्ने गरी एक अर्ब ३९ करोड रुपैयाँ बराबरको ठेक्का निकाल्ने तयारी भएको आयोजनाले जनाएको छ । 
 
आयोजनाको भरतपुर–बर्दघाट क्षेत्रको काम भने तीव्र गतिमा अघि बढिरहेको आयोजनाले जनाएको छ । भरतपुर–बर्दघाट प्रसारण लाइनको काम ५० प्रतिशत सकिएको बताइएको छ । उक्त खण्डको ठेक्का चिनियाँ कम्पनी हेम्टन अप्टिकल इलेक्ट्रिक कम्पनी लिमिटेडले लिएको छ । ५५ लाख डलरमा सम्झौता भएको उक्त प्रसारण लाइनको काम चालु 
आर्थिक वर्षमा नै सकिने आयोजनाले जनाएको छ । कामको प्रगति निकै सन्तोषजनक रहेको बताउँदै जैसवालले काम थालेको एक वर्षमा नै ५० प्रतिशत काम सकिएको जानकारी दिए । 
 
भरतपुर–बर्दघाट खण्डको २४६ वटा टावरमध्ये ११९ वटा टावरको निर्माण सकिएको छ । १५२ वटाको फाउण्डेशन सकिएको र दशवटाको फाउण्डेशनको काम जारी रहेको आयोजनाले जनाएको छ । १८ महीनामा कामसक्ने गरी २०७५ साउनमा हेम्टन अप्टिकल इलेक्ट्रिक कम्पनीसँग प्राधिकरणले सम्झौता गरेको थियो । विसं २०७६ माघसम्म कम्पनीको समय बाँकी नै छ । अहिले निर्माणको क्षेत्रमा कुनै ठूलो समस्या नदेखिएको आयोजना प्रमुख जैसवालले जानकारी दिए ।

यसैगरी विश्व बैंकको सहयोगमा हेटौँडा–११ थाना भर्‍याङमा प्रसारण लाइनका लागि सबस्टेशन निर्माणको काम पनि धमाधम भइरहेको छ । हेटौँडा–ढल्केवर–इनरुवा ४०० केभिएका लागि सबस्टेशन निर्माणको काम पनि भइरहेको छ । - रासस
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC