site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 टोलटोलमा रञ्जना लिपि प्रशिक्षण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भक्तपुर । लोपोन्मुख रञ्जना लिपिको संरक्षण, सम्वद्र्धनका साथै जनचेतना अभिवृद्धिका लागि मध्यपुरथिमिका टोलटोलमा सो लिपिको प्रशिक्षण भइरहेको छ । रञ्जना लिपिलाई जनमानसमा पुर्‍याउने उद्देश्यले रञ्जना लिपि क्यालिग्राफी समूह गठन गरी नगरका विभिन्न टोलमा प्रत्येक महीनाको एक पटक लिपि लेख्ने प्रशिक्षण कक्षा सञ्चालन भइरहेको हो । 

समूहका संयोजक एवं लिपिका प्रशिक्षक विक्की बज्राचार्यका अनुसार लोपोन्मुख रञ्जना लिपिलाई जनमानसमा जानकारी दिने र लिपिका बारेमा व्यापक प्रचारप्रसार गर्ने अभिप्रायले गत जेठ ३२ गते स्थानीय लाय्कु परिसरमा ५० जना, असार २८ गते दिगुटोलमा १५० र यही साउन २५ गते चपाचोमा २३० जनालाई लिपिका बारेमा प्रशिक्षण दिइएको छ ।
    
उनले आगामी दिनमा समूहले गुङ्गचिवा, बाहाखा बजार, नगदेश र बोडेका विभिन्न टोलमा गई प्रशिक्षण दिने योजना रहेको जानकारी दिए । लिपि प्रशिक्षणका लागि नेपाल लिपि गुठी काठमाडौँले सहयोग गरेको बताउँदै संयोजक बज्राचार्यले स्थानीय नगरपालिका र वडा कार्यालयले लिपि संरक्षण सहयोग गरे कार्यक्रम थप प्रभावकारी ढङ्गले सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे ।
    
उनले एक पटकको प्रशिक्षणमा स्टेशनरी र सहभागीलाई चियापान गरी करीब रु सात हजारमात्र खर्च लाग्ने गरेको जानकारी दिँदै विगतमा स्थानीय उमेश श्रेष्ठ र प्रदीप पुइपजामनले आर्थिक सहयोग गरेको बताए । लिपिसम्बन्धी प्रशिक्षण लिन करीब डेढ महीना लाग्ने भएकाले उहाँले केही घण्टाको प्रशिक्षणमा रञ्जना लिपिबाट आफ्नो नाम कसरी लेख्ने र लिपिसम्बन्धी सामान्य जानकारी हासिल गर्न सकिने जानकारी दिए । - रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC