site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशले माग्यो आईई र ईआईएको अधिकार
Sarbottam CementSarbottam Cement

पोखरा । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को अधिकार केन्द्र सरकारको वातावरण मन्त्रालय मातहत छ । सोही अधिकार प्रत्यायोजन गरी प्रदेशलाई नै ईआईए स्वीकृत गर्ने अख्तियार प्रत्यायोजन गर्न गण्डकी सरकारले केन्द्र सरकारसँग अनुरोध गरेको छ । 

गण्डकीमा मन्त्रिपरिषद्को बैठकले नै प्रारम्भिक वातावरणीय परीक्षण (आईई) तथा ईआईए दुवैको अख्तियार प्रदेशलाई दिइनुपर्ने माग राखेको हो । १० करोड रुपैयाँसम्म पूँजी भएका र दैनिक पाँच हजार लिटर वा पाँच हजार किलोग्राम भन्दा कम सामान उत्पादन गर्ने उद्योग भए मात्रै ईआईए गर्नु नपर्ने कानुनी व्यवस्था छ । त्यस्ता उद्योगले आईई मात्र गर्नुपर्ने प्रावधान थियो । यो परिमाण भन्दा बढी सामान उत्पादन गर्ने उद्योगले भने अनिवार्य रुपमा वातावरण मन्त्रालयबाट ईआईए स्वीकृत गराउनुपर्ने व्यवस्था छ ।

“प्रदेश सरकारका ३० वटा योजना नै प्रभावित बनेका छन्, ती योजना अगाडि बढाउन आईई र ईआईएको अधिकार प्रदेशलाई दिनुपर्छ भन्ने निर्णय भएको हो,” भौतिक पूर्वाधार विकासमन्त्री तथा गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतले भने । यसअघि पनि मन्त्रीपरिषदले उक्त अधिकार माग्ने निर्णय गरेको थियो, तर सुनुवाई भने भएन ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, लाईसेन्स सम्बन्धिको सम्पूर्ण अधिकार पनि प्रदेशले आफूमातहत मागेको छ ।  लाईसेन्स वितरणदेखि प्रिन्टसम्म सबै प्रदेशले नै गर्नेगरि अख्तियारी माग्ने निर्णय मन्त्रिपरिषदले गरेको हो । मन्त्रिपरिषदले उद्योग, पर्यटन, वन, वातावरण प्रदेशको नीति २०७६ स्वीकृत गरेको बताउँदै विज्ञान तथा प्रविधि नीति २०७६ पनि स्वीकृत गरेको छ ।

प्रदेश रुपान्तरणका आयोजना छनोट गर्ने जिम्मा मुख्यमन्त्रीलाई 

Global Ime bank

राष्ट्रिय योजना आयोगले प्रदेश सरकारबाट दुईवटा प्रदेश रुपान्तरणका आयोजना माग गरेको छ । गण्डकी प्रदेशले भने चारवटा आयोजनाको नाम पठाउने भएको छ । विभिन्न मन्त्रालयका दुई दर्जन भन्दा बढी योजनामा छलफल गरिएता पनि चारवटा सम्म योजनाको नाम पठाउने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिए । “हामीले चारवटा योजना पठाउने छौँ, कुनकुन पठाउने भन्ने जिम्मा मुख्यमन्त्रीलाई दिईएको छ ।” उनले भने ।

बस्नेतका अनुसार गण्डकी प्रदेशबाट बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका राष्ट्रिय योजनाको कार्यालयलाई प्रदेशका ४ वटा गौरवका योजना छनौट गरी पठाएको छ । संघीय सरकारको मातहतमा रहेका कुनै २ वटा प्रदेश अन्तर्गतका योजना सिफारिस गर्न माग गरेकोमा वैठकले ४ वटा योजनाको नाम सिफारिस गरेको हो ।

छलफलका क्रममा भिमाद–डेढगाउँ–दुम्कीवास–त्रिवेणी सडक, पालुङटारमा राष्ट्रिय स्तरको औद्योगिक क्षेत्र स्थापना र सञ्चालन, प्राविधिक प्रतिष्ठान स्थापना र सञ्चालन तथा गण्डकी फलफूल तथा कफी विकास आयोजना प्राथमिकतामा परेका छन् । कुन पठाउने भन्ने चाहिँ टुंगो लागिसकेको छैन । 

पहिरोपिडितलाई तीन लाख सहयोग

बाग्लुङका पहिरोपिडितको परिवारलाई गण्डकी प्रदेश सरकारले तीन लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गत आईतबारको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले पहिरोमा पनि निधन हुनेका परिवारलाई प्रतिव्यक्ति एक–एक लाखका दरले सहयोग उपलब्ध गराईने बताए । 

यसअघि प्रदेश सरकारले प्राकृतिक विपतमा परि निधन हुनेका परिवारलाई ५० हजार सहयोग उपलब्ध गराउँदै आएको थियो । गएको २० गते बागलुङको तमानखोलामा पहिरोमा पुरिए ७० वर्षीया अनसरी श्रीपाली, उनका १२ वर्षीय नाति प्रविण श्रीपाली र ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको निधन भएको थियो ।

अघिल्ला वर्षका योजनालाई १ करोड ३४ लाख भुक्तानी 

अघिल्लो वर्ष नै सम्पन्न भएका तर भुक्तानी नपाएका विभिन्न २५ वटा योजनालाई १ करोड ३४ लाख रुपैयाँ भुक्तानी दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुदानका विभिन्न २५ वटा योजनालाई १ लाख ६५ हजार देखि ९ लाख ७० हजार रुपैयाँसम्म अर्थ मन्त्रालयको सहमति लिएर भुक्तानी दिने निर्णय भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
विभिन्न जिल्लाको विभिन्न शीर्षकमा छुट्याइएको उक्त रकम एग्रो टुरिजम फार्म, पर्यटकीय सहकारी र होमस्टे रहेका छन् । रकम पाउनेमा होमस्टेदेखि पर्यटन सहकारी सम्म रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC