site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कक्षा आठमा अध्ययनरत भक्तपुरका १३ वर्षीय बालक चार दिनदेखि बेपत्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भक्तपुरको बालकोटमा बस्दै आएका १३ वर्षीय बालक बेपत्ता भएका छन् । काठमाडौं बुद्धनगरस्थित केएमसी स्कुलमा कक्षा ८ मा अध्ययनरत बालक जोन्सल रावल शनिबारबाट बेपत्ता भएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र वोगटीका अनुसार शनिबार बिहान साढे आठ बजे घरबाट निस्किएका जोन्सनले बुद्धनगरमै बस्ने १८ वर्षीय साथी अभिषेक बस्याललाई भेटेका थिए । साँझको समयमा जोन्सल बसमा घर फर्किएको र घरका सदस्य बाहिर रहेपछि नजिकैको पसलमा समेत गएको सञ्चालकले बताएको वोगटीले बताए ।  

त्यसपछि जोन्सल नभेटिएको र आफन्त, साथीभाइ तथा विभिन्न रेस्टुरेन्टमा खोजी गरेको डिएसपी वोगटीले बताए । डिएसपी बोगटीले अभिषेकमाथि समेत अनुसन्धान सुरु गरिएको बताए । परिवारले अपहरणको आशंकामा अभिषेकमाथि अनुसन्धानको माग गरेपनि अपहरण हो वा होइन अनुसन्धान जारी रहेको बोगटीले बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC