site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खानेपानीमन्त्रीलाई सांसद संग्रौलाको प्रश्न– मेलम्ची आयोजना बिनाटेन्डर ठेक्का किन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले बिनाटेन्डर मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्पन्न हुने लागतभन्दा दोब्बर रकममा दिइएको विषय संसदमा उठाएकी छन् । बुधबार खानेपानी तथा सरसफाई विधेयकमाथिको छलफलका क्रममा संग्रौलाले कहिलेसम्म आयोजनाको ठेक्का दिँदै जाने र सम्झौता तोड्दै जाने भन्दै मन्त्री बिना मगरलाई प्रश्न पनि गरिन् । 

१ अर्ब ५५ करोडमा सम्पन्न हुने आयोजना बिनाटेन्डर झण्डै ३ अर्बमा ठेक्का दिइएको सांसद संग्रौलाले बताइन् । “नयाँ नयाँ ठेक्का गर्दै जाने । त्यो ठेक्का भित्र पनि अनियमितता हुँदै जाने । काठमाडौंवासीले पनि स्वच्छ खानेपानी खान नपाउने हो भने विगतको सरकारलाई औंला ठड्याएर हुँदैन । दुई तिहाइको सरकारले जनतालाई स्वच्छ खानेपानी कहिले दिन्छ ?,” उनले भनिन् । यसअघि खानेपानीको आयोजनाबाट इटालीको सिएमसी कम्पनीले हात झिक्नुमा मन्त्री र कम्पनीबीचको कमिसनको खेल कारण भएकोतर्फ पनि उनले संकेत गरिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, उनले सरकारले ९२ प्रतिशत जनतालाई स्वच्छ खानेपानी खुवाउने लक्ष्य राखेको भएपनि हाल ३० प्रतिशत जनताले पनि स्वच्छ खानेपानी नपाएको बताइन् । हिमाल, पहाड र तराईमा खानेपानीका बेग्लाबेग्ला समस्या रहेको बताउँदै उनले जलवायु परिवर्तनका कारण हिमाल पग्लने क्रम रहेको, पहाडमा पानीको मुहान सुक्दै गएको र तराईका जनताले आर्सेनिक मिसिएको पानी खाइरहनु परेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । 

खानेपानी समस्याका कारण महिलाहरु समस्यामा परेको भन्दै उनले भनिन्, “प्राकृतिक स्रोत पानीका मुहानहरु, खोलानालाहरु सुक्दै गएका छन् । विकराल परिस्थिती छ । विशेषगरी आङ खस्ने  समस्याका बाबजुद पनि महिलाहरु पानी लिन जान्छन् । त्यसरी ल्याउने पानी पनि शुद्ध छैन ।” पानी भनेको जीवन भएपनि जीवनको रक्षा गर्न नसकेको उनले बताइन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC