site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जडीबुटी निकासी सहज बनाउन सार्वजनिक महत्वको प्रस्ताव 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले जडिबुटी निकासीलाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराउँदै प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सांसद रंगमती शाही प्रस्तावक रहेको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, सांसदहरु डिला संग्रौला र प्रकाश स्नेही रसाइली समर्थक छन् । क्वारेन्टाइनको उचित प्रवन्ध गर्दै जडिबुटी निकासीलाई सहज बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको प्रस्तावक शाहीले बताइन् ।  

“नेपालको हिमाली तथा पहाडी भू–भाग जडिबुटी भण्डारको रुपमा रहेको छ । यस भेगमा नेपाली नागरिकको ठूलो संख्याले जडिबुटी संकलन, उत्पादन, भण्डारण, विक्रीवितरण कार्यमा प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालबाट विदेश निर्यात हुने महत्वपूर्ण वस्तुमा जडिबुटी पर्दछ ,” सार्वजनिक महत्वको प्रस्तावमा भनिएको छ, “नेपालमा उत्पादित र संकलित सबै जडिबुटीको प्रशोधनको सु–प्रबन्ध नेपालमै हुन नसकेको अवस्थामा निकासी भईरहेको जडिबुटी क्वारेन्टाइन सम्बन्धी व्यवस्थाका कारणले जडिबुटी निकासीमा अवरोध उत्पन्न भएको हुँदा संकलित जडिबुटी खेर जाने र नोक्सान हुने तथा यस क्षेत्रका हजारौं हजार नेपालीको रोजगारीलाई प्रभाव परेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC