site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भीर मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य
Sarbottam CementSarbottam Cement

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिकाले पाँचौँ गाउँसभाबाट भीर महको अवैध चोरी निकासी रोक्न मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ ।   

गाउँपालिका भित्रका जङ्गल तथा भीरमा पाइने ‘भीर मह’ व्यक्ति र विभिन्न समूहले मनपरी काड्ने गरेको पाइएपछि चालू आर्थिक वर्षदेखि मह शिकार (हनि हन्टिङ(मा कडाइ गरेको गाउँपालिकाले जनाएको छ । सामुदायिक र सार्वजनिक स्थलमा हुने भीर महबाट निश्चित व्यक्तिले फाइदा लिने र लापरवाही गरेर मह काड्दा भीर मौरीसमेत लोप हुने अवस्था आएका कारण यसलाई संरक्षणका लागिसमेत सहयोग पुग्ने हुनाले अनुमतिको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

यस नयाँ व्यवस्थाले वडा र गाउँपालिकाको राजश्वमा समेत वृद्धि भएर जाने बताइएको छ । गाउँपालिकाले मह शिकारका लागि निश्चित कार्यविधि निर्माण गरेर अनुमति दिने गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए ।  गाउँपालिकाका रणसिंह, ग्वालीचौर, शिसाखानी, दर्लिङ, भिमगिठेका भीर मौरीका लागि उपयुक्त स्थल मानिन्छन् । 

परम्परागत विधिबाट मह निकाल्दा मह शिकारीको ज्यानै जाने सम्भावनासमेत रहेको छ । मुख्य व्यक्तिले सुरक्षा वेल्टसमेत नलगाउने र चोयाका पुराना लठ्ठा प्रयोग गरिने हुँदा दुर्घटनाको उच्च जोखिम रहेको छ । गाउँपालिका भीर महको प्रचुर सम्भावना भएको क्षेत्र भएकाले यहाँको महलाई व्यवस्थित तरिकाले निकाल्ने र प्रशोधन गरी निर्यात गर्ने योजना रहेको अध्यक्ष पाइजाले जानकारी दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC