site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मलेसियाको रोजगारी खुलाउन माग, माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
SkywellSkywell

काठमाडौं । मलेसियाको रोजगारी खुलाउन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागको ध्यानार्षण गराएको छ । सरकारले २०७५ जेठ २ देखि मलेसिया जान चाहने नयाँ कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जाने कामदारलाई आर्थिक भार परेकोभन्दै आर्थिक भार परेका संस्थाहरुको खारेजीको घोषणा पश्चात बन्द गरेको मलेसियाको रोजगारी गत कात्तिक १२ गते श्रम सम्झौता गरेपछि सुचार गर्नुपर्ने थियो । तर विभिन्न बाहानामा श्रम सम्झौता भएको नौँ महिना भइसक्दा पनि मलेसियाको रोजगारी सुचारु हुन नसकेको भन्दै आन्दोलन गर्न बाध्य भएको व्यवसायीहरुले बताएका छन् । 

Dabur Nepal
NIC Asia

लामो समयसम्म नयाँ कामदारलाई श्रम स्वीकृती नदिएपछि व्यवसायीहरुले मंगलबार वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भूसाललाई माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका हुन् । माग सम्बोधन नभए धर्नाबाट सुरु भएको कार्यक्रम आन्दोलनमा पुग्ने चेतावनी व्यवसायीहरुले दिएका छन् ।

यसैबीच रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ्ले मलेसियाको रोजगारी नखुलाए सरकारलाई लाइसेन्स् बुझाउन तयार भएको बताएका छन् । “सरकारले मलेसियाको रोजगारी नखुलाए लाइसेन्स् बुझाउन तयार छौँ, व्यवसायीको कुरा नसुने विभागको जिम्मा सरकारले लेओस्, ” उनले भने ।

त्यसैगरी, संघका महासचिव सरोज पोख्रेलले नेपाल सरकार, मन्त्रीदेखी वैदेशिक रोजगार विभागको महानिर्देशकसम्मलाई मलेसिया रोजगारीलगायत व्यवसाय क्षेत्रका सम्पूर्ण समस्याका विषयमा पटक-पटक आग्रह गर्दापनि माग सुनुवाहि नभएकाले दवावमुलक ढंकले उपस्थित हुन बाध्य भएको बताए ।

"पेसा व्यवसायीलाई व्यवसाय गर्न लाइसेन्स दिने तर श्रम सम्झौता गरेकै मुलुकमा कामदार पठाउन बन्द गरेको छ कि इराकको जस्तै अवस्था भएर बन्द गरेको भए भनोस् वा श्रम सम्झौता नै गलत छ सम्झौता रद्द गर्छौ भन्नुपर्यो नी, नत्र कुनै कारणबिना लाखौँ युवाहरुको बास, गास र कपास खोस्ने काम सरकारले गरेको छ । शान्तिपुर्ण ढंगबाट सुरु भएको विरोध आन्दोलनमा पुग्न नपरोस्," व्यवसायीले भने ।

सरकारले मलेसिया जाने नयाँ कामदारको श्रम सम्झौता रोकेको, कलिङ् भिसा आउँदा पनि जान नपाएको बताएका छन् । यसैबीच वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भूसालले कलिङ् भिसा आएका कामदार दैनिक मलेसिया गएको बताउँदै यस सम्बन्धी सम्पूर्ण समस्या हप्ता दिनसम्म टुंगो लाग्ने बताए । 

महानिर्देशक भूसालका अनुसार गत आर्थिक वर्षमामात्र ४२ हजार १ सय ४६ जना नेपालीहरु मलेसिया गएका छन् भने नयाँ आर्थिक वर्षको साउन १३ गतेसम्ममा १३ हजार ८ सय ३ जनाले लागि श्रम स्वीकृत भएको बताएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा दैनिक एक हजारभन्दा बढी नेपाली युवाहरु मलेसिया जाने गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro