site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
३२ बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिसनको प्रक्रियामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । आर्थिक वर्ष २०७५–७६ सुरु भएयता मर्जर तथा एक्विजिसनका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिनेमध्ये १० बैंक तथा वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गरेका छन् । केन्द्रीय बैैंकमा गाभ्ने र प्राप्तिको लागि अनुमति माग्ने २१ जोडी (४२ वटा) बैंक तथा वित्तीय संस्थामध्ये १० वटाले प्रक्रिया पूरा गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार सप्तकोशी विकास बैंक र कावेली विकास बैंक मर्ज भएर सप्तकोशी विकास बैंक बनेको छ । १ः०.९६ स्वाप रेसियो मर्ज भएको क्षेत्रीय बैंकले गत असार २२ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो ।

यसैगरी तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएर बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत असार ३१ देखि एकीकृत कारोबार सुरु गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

देवः विकास बैंकले पनि वेस्टर्न डेभलपमेन्ट बैंकलाई १ः१ को स्वाप रेसियोमा प्राप्ति गरेको छ । यसबाट बनेको नयाँ बैंक देवः विकास बैंकको एकीकृत कारोबार गत असार ३० गते सुरु भएको हो । सोही दिन साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्तलाई १ः०.८ को स्वाप रेसियोमा प्राप्ति गरेर बनेको साधना लघुवित्तको एकीकृत कारोबार पनि सुरु भएको छ ।

यसैगरी असार ३० गते नै नेपाल इन्भेस्टमेन्ट बैंकले १ः०.३३ को स्वाप रेसियोमा जेबिल्स फाइनान्सलाई प्राप्ति गरेर एकीकृत कारेबार सुरु गरिसकेको छ ।

Global Ime bank

मर्ज भएर तथा प्राप्ति गरेर एकीकृत कारोबार सुरु गर्ने ५ बैंक तथा वित्तीय संस्थामध्ये दुई वटाको दोस्रो बजारमा पनि कारोबार सुरु भएको छ । सप्तकोशी विकास बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकले दोस्रो बजारमा कारोबार सुरु गरेका हुन् ।

यीमध्ये देवःले गत साउनमा, साधना र सप्तकोशीले माघमा तथा इन्भेस्टमेन्ट बैंकले चैतमा मर्जर र एक्विजिसनका लागि राष्ट्र बैंकमा आवेदन दिएका थिए ।

मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा आवेदन दिए पनि स्वाप रेसियोलगायत महत्वपूर्ण बुँदामा सहमति भइसकेको छैन । यद्यपि ती बैंकले आफूहरु प्रक्रियाको अन्तिम चरणमा पुगेको बताएका छन् ।

७ बैंक तथा वित्तीय संस्था प्राप्तिको प्रक्रियामा गएका छन् भने ९ वटा एकअर्कासँग गाभिँदै छन् । जसअनुसार प्राइम कमर्सियलले कैलाश र कन्काई विकास बैंकलाई, विजय लघुवित्तले स्वेडालाई, सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई, साइन रेसुंगा विकास बैंकले भार्गव विकास बैंक तथा पूर्णिमा विकास बैंकलाई ग्लोबल आईएमई बैंकले प्राप्ति गर्न लागेका हुन् ।

यसैगरी केही बैंक तथा वित्तीय संस्थाले मर्ज हुने औपचारिक सहमति गरिसकेका छन् । ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज हुँदैछन् । सुर्योदय र त्रिलोक लघुवित्त पनि मर्ज भएर सुर्योदय लघुवित्त बन्दैछ । एनआरएन लघुवित्त, रामरोशन लघुवित्त र क्रियटिभ लघुवित्त मर्ज भएर एनआरएन लघुवित्त बन्नका लागि राष्ट्र बैंकमा आवेदन दिएपनि यी संस्थाले सहमति गरेका छैनन् । उनीहरुको आवेदन अन्तिम स्वीकृतिका क्रममा रहेको बताइएको छ ।

आरम्भ र चौतारी लघुवित्त मर्ज भएर आरम्भ चौतारी लघुवित्त बन्ने भएको छ । यसैगरी सारथी र शत्यावती लघुवित्त लघुवित्त मर्ज भएर सारथी लघुवित्त बन्ने भएको छ भने कालीका र जनसेवी लघुवित्त मर्ज भएर जनकालीका बन्ने भएको छ । राष्ट्र बैंकका अनुसार किसान लघुवित्त, नागबेली लघुवित्त र किसान माइक्रोफाइनान्स मिलेर किसान लघुवित्त वित्तीय संस्था बन्नेछ । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्दैछ । वोमि लघुवित्त र नागरिक लघुवित्त मिलेर वोमि लघुवित्त बन्दैछ ।

यसअघि राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्न स्वीकृति नदिएपछि लघुवित्त संस्था मर्जमा जान वाध्य भएका छन् ।

केन्द्रीय बैंकले गत पुस १३ गते लघुवित्त संस्थाहरु प्रादेशिक वा राष्ट्रिय स्तरको हुन निर्देशन दिएको थियो । निर्देशनअनुसार २०७७ सालसम्ममा राष्ट्रिय स्तरका लघुवित्त संस्थाले १० करोड र प्रदेशस्तरले २ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।

चुक्तापुँजी पुर्याउनुपर्ने बाध्यताका कारण पनि लघुवित्त संस्था मर्ज हुन लागेका हुन् ।

यसअघि लघुवित्तहरू राष्ट्रिय, क्षेत्रीय स्तर, १० जिल्ला र तीन जिल्ला कार्यक्षेत्र रहेर सञ्चालन गर्न सकिने व्यवस्था थियो । जसअनुसार राष्ट्रिय स्तरका लागि १० करोड, क्षेत्रीय स्तरका लागि ६ करोड, १० जिल्ला स्तरका लागि २ करोड र तीन जिल्ला स्तरका लागि १ करोड पुँजी हुनुपर्ने व्यवस्था थियो ।

राष्ट्र बैंकले गरेको दुईवटा तह (राष्ट्रिय स्तर र प्रादेशिक स्तर) को व्यवस्थाका कारण एकजिल्ले, तीनजिल्ले, १० जिल्ले र क्षेत्रीय स्तरको लघुवित्त एक तह बढ्न थप पुँजी आवश्यक हुने हुँदा उनीहरुले मर्जरको बाटो रोजेका हुन् ।

यसैबीच राष्ट्र बैंकले १ वर्षभित्र मर्ज भई वित्तीय कारोबार हुने वाणिज्य बैंकलाई विभिन्न सुविधा दिएपछि वाणिज्य बैंकहरु पनि मर्जको प्रक्रियामा छन् । ग्लोबल आईएमई बैंक र जनताले भने यसअघि नै मर्जरको सहमति गरिसकेका हुन् ।

प्रक्रिया सम्पन्न भएका मर्जर तथा प्राप्ति

मर्जर
सप्तकोशी विकास बैंक+कावेली विकास बैंक    = सप्तकोशी विकास बैंक
तिनाउ विकास बैंक+मिसन डेभलपमेन्ट बैंक    = तिनाउ मिसन डेभलपमेन्ट बैंक

प्राप्ति
देवः विकास बैंक + वेस्टर्न डेभलपमेन्ट बैंक        = देवः विकास बैंक
साधना लघुवित्त + आर्थिक समृद्धि लघुवित्त        = साधना लघुवित्त
नेपाल इन्भेस्टमेन्ट बैंक + जेबिल्स फाइनान्स        = नेपाल इन्भेस्टमेन्ट बैंक

प्रक्रियामा रहेका मर्जर तथा प्राप्ति

मर्जर
ग्लोबल आईएमई बैंक + जनता बैंक                    = ग्लोबल आईएमई बैंक
सुर्योदय लघुवित्त + त्रिलोक लघुवित्त                    = सुर्योदय लघुवित्त
एनआरएन लघुवित्त + रामरोशन लघुवित्त + क्रियटिभ लघुवित्त     = एनआरएन लघुवित्त
आरम्भ लघुवित्त + चौतारी लघुवित्त                 = आरम्भ चौतारी लघुवित्त
सारथी लघुवित्त + शत्यावती लघुवित्त                = सारथी लघुवित्त
कालीका लघुवित्त + जनसेवी लघुवित्त                = जनकालीका लघुवित्त
किसान लघुवित्त + नागबेली लघुवित्त + किसान माइक्रोफाइनान्स    = किसान लघुवित्त वित्तीय संस्था
एनएमबि बैंक + ओम डेभलपमेन्ट बैंक                = एनएमबि बैंक
वोमि लघुवित्त + नागरिक लघुवित्त                    = वोमि लघुवित्त

प्राप्ति
प्राइम कमर्सियल बैंक + कैलाश विकास बैंक + कन्काई विकास बैंक    = प्राइम कमर्सियल बैंक
विजय लघुवित्त + स्वेडा लघुवित्त                    = विजय लघुवित्त
सिटिजन्स बैंक + सहयोगी विकास बैंक                = सिटिजन्स बैंक
साइन रेसुंगा विकास बैंक + भार्गव विकास बैंक + पूर्णिमा विकास बैंक    = साइन रेसुंगा विकास बैंक
ग्लोबल आईएमई बैंक + हाथवे फाइनान्स                = ग्लोबल आईएमई बैंक

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC