site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्मलाको न्यायका लागि नेविसंघको प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय भन्दै राजधानीमा प्रदर्शन गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । 

एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ल कार्ड बोकेका प्रदर्शनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा विरुद्ध नाराबाजी गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

संघका पूर्व केन्द्रीय सदस्य रघु कार्कीको संयोजनमा भएको प्रदर्शनमा संघका पूर्व उपाध्यक्ष निलकण्ठ रिजाल, सागर परियार, नेताहरू जयराम लामिछाने, लक्ष्मण पन्थी, पुनम भट्ट, एलिजा ढकाल, सुप्रिया जोशी, पुनम लामा, केबिना कट्टेल, राजु सुनार, दिनेश भुर्तेलसहित नेता कार्यकर्ता सहभागी थिए । उनीहरूले गृहमन्त्री रामबहादुर थापाको राजीनामासमेत मागेका थिए ।

निर्मला हत्याको एक वर्ष भइसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुँदै आएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC