site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्‍को अवरोध हटाउन प्रतिपक्षी तयार, जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)ले आज संसद बैठक अवरोध नगर्ने भएका छन् । उनीहरुले  बाढीपहिरो र डुबानसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने तयारी गरेका छन् ।

सो प्रस्तावमाथि छलफल गराउन सभामुख कृष्णबहादुर महरा तयार भए संसद् बैठक अवरोध नगर्ने कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । “अहिले बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्को अवस्था छ । यसबारे सदनमा छलफल होस् र विपद् व्यवस्थापन प्रभावकारी बनोस् । सरकारको ध्यान जाओस् भनेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाँदैछौं,” प्रमुख सचेतक खाँणले भने, “सभामुखले सो प्रस्ताव स्वीकार गर्नुभयो भने छलफल हुन्छ । त्यसमाथि छलफल गर्ने गरी संसद्मा छलफल हुने भएमा हामी अवरोध गर्दैनौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसले यसअघि गैरन्यायिक हत्या र प्रहरी दमन बढेको भन्दै सोबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद् अवरोध गरेको थियो । पूर्ववत् आफ्नो अडान भने कायमै रहेको कांग्रेस सचेतक खाँणले बताए । सभामुख महराले संसद्को अवरोध हटाउन मंगलबार संसदमा रहेका सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुसँग छलफल गरेका थिए ।  

यसैबीच संसद्को कार्यसूची भने डेढ घण्टाका लागि धकेलिएको छ । दिउँसो १ बजेबाट सुरु हुने भनिएको संसद् बैठक २ः३० बजे बस्ने भएको छ । १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC