site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनका पूर्वप्रधानमन्त्री ली फङको निधन

बेइजिङ । चीनको राष्ट्रिय जन कांग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङको ९० वर्षको निधन भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति, चीनको राज्य परिषद, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषदका पूर्व प्रधानमन्त्री ली को मृत्यु भएको जानकारी गराइएको हो । 

उनको सोमबार राति ११ बजेर ११ मिनेट जाँदा बेइजिङमा बुढ्यौलीसम्बन्धी रोगका कारण निधन भएको उल्लेख गरिएको छ । उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको वरिष्ठ सदस्य, वफादार कम्युनिष्ट योद्धा, वरिष्ठ सर्वहारा क्रान्तिकारी, राजनीतिज्ञ, पार्टी र देशका वरिष्ठ नेताका रूपमा चीनको विकासका लागि योगदान गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । 

लीले चिनियाँ कम्युनिष्ट पार्टीको बाह्रौँ केन्द्रिय राजनीतिक व्यूरोका सदस्य एवम् केन्द्रिय सचिवालयका सचिव, तेहौँ, चौधौँ र पन्ध्रौँ केन्द्रीय राजनीतिक व्यूरोका स्थायी सदस्य, राज्य परिषद्का पूर्व प्रधानमन्त्री, नवौँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष बनी गरेको योगदानको चिनियाँहरूले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रसंशा गरेका छन् । - एजेन्सी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro