site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'संविधानलाई उल्टाउने प्रयासले द्वन्द्व सिर्जना हुने खतरा बढ्यो'

काठमाडौं । जनआन्दोलन र जननिर्वाचित संविधानसभामार्फत् बिदा गरिएको राजतन्त्र पुनर्स्थापित गर्न पुरातनपन्थी शक्तिहरूको गतिविधिप्रति 'बृहत् नागरिक आन्दोलन'ले ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गदै ध्यानाकर्षण भएको जनाएको हो ।

जनताको दशकौँ लामो संघर्ष र बलिदानको जगमा बनेको संविधानलाई उल्टाउने प्रयासले नेपाली समाजमा नयाँ द्वन्द्व सिर्जना गर्ने र मुलुकलाई अस्थिरताको दुश्चक्रमा फसाउने खतरा रहेको उल्लेख छ ।

"न्याय, समानता, नागरिक अधिकार र स्वतन्त्रताका प्रेमीहरूले कुनै पनि अवस्थामा संविधानका प्रस्तावनामा उल्लिखित लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको विकल्प खोज्ने कुनै प्रपञ्च स्वीकार गर्ने छैनन्," विज्ञप्तिमा भनिएको छ, "हामी सरकारलाई सम्झाउन चाहन्छौँ  दलहरूले निम्त्याएको असन्तोषको समाधान न त निषेधित क्षेत्र बढाएर सम्भव छ, न त प्रतिकारस्वरूप हुने प्रदर्शनहरूबाट । सदन र सत्तामा रहेका नेताहरूले जति अलोकतान्त्रिक तरिका अपनाउँछन्, उति नै लोकतन्त्रविरोधी शक्तिहरू बलियो बन्दै जान्छन् ।"

लोकतन्त्रको लाभ र अवसर आमनागरिकले अनुभूति गर्न नपाउनुमा प्रमुख राजनीतिक दलहरू नै मुख्यतया जिम्मेवार हुने विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

"प्रमुख नेताहरूको अलोकतान्त्रिक आचरण र व्यवहारकै कारण दलहरू जनताका जीवन्त संस्था बन्नुको सट्टा स्वार्थ समूहका राज्य कब्जा गर्ने माध्यममा रूपान्तरित भएका छन्, जसले गर्दा जनतामा असन्तोष हुनु स्वाभाविक छ," विज्ञप्तिमा उल्लेख छ ।

जनअसन्तोषलाई लोकतन्त्रबाट विमुख हुन नदिन दलहरूभित्र नयाँ जागरण आवश्यक रहेको जनाइएको छ । यसले दलभित्र व्याप्त नेताराजलाई समूल नाश गर्ने अपरिहार्यता झनै उजागर गरेको पनि उल्लेख छ ।

"लोकतन्त्रमाथि आउने सम्भावित खतरा सामना गर्न, नागरिक सर्वोच्चता स्थापित गर्न, र सुशासनलाई संस्थागत गर्न जनउत्तरदायी, सक्षम, र दृढ नेतृत्वको आवश्यकता अवश्यम्भावी छ," विज्ञप्तिमा भनिएको छ, "लोकतन्त्रका आधारभूत खम्बामाथि हुनसक्ने कुनै पनि प्रहारबाट संविधानको रक्षा गर्न र नागरिक स्वतन्त्रतालाई अक्षुण्ण राख्न हामी प्रतिबद्ध छौँ । यसका निम्ति हामी सम्पूर्ण लोकतन्त्रवादी नागरिकहरूलाई सहकार्यका लागि अपील गर्दछौँ ।"

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  २२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro